विश्वकप खेल्नुअघि घानासँग बराबरीमा रोकियो आइसल्याण्ड

काठमाडौं । यसवर्षको विश्वकपमा छनोट नभएको घानाले पहिलोपल्ट विश्वकप खेल्दै गरेको आइसल्याण्डलाई मैत्रीपूर्ण खेलमा २-२ को बराबरीमा रोकेको छ ।

आइसल्याण्डको विश्वकप पूर्वतयारीको रुपमा राजधानी रेक्जाभिकमा भएको खेलमा दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै घानाले खेल बराबरी गरेको हो ।

खेलमा कारी अर्नासनले छैठौं मिनेटमा पहिलो गोल गर्दै आइसल्याण्डलाई अग्रता दिलाएका थिए । त्यसपछि अल्फ्रेड फिन्बोगाससाले ४० औं मिनेटमा खाली पोस्टमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

तर, दोस्रो हाफमा घानाले सुधारिएको प्रदर्शन गर्‍यो र ६६ औं मिनेटमा नुहुले गोल फर्काउँदै गोल अन्तर घटाए । त्यस्तै ८७ औं मिनेटमा पार्टेले गोल गर्दै बराबरी गरे ।

आइसल्याण्ड अब चार अभ्यास खेलमा जित विना पहिलो विश्वकप खेल्न रुस जाँदैछ । उनीहरुको विश्वकप अभियान अर्को शनिबार मस्कोमा अर्जेन्टिनासँगको खेलबाट हुनेछ ।

घाना भने सन् २००२ पछि पहिलोपटक विश्वकपको छनौटमा पर्न सफल भएन र बिहीबार मात्रै सरकारले भष्ट्राचारको आरोपमा त्यहाँको फुटबल संघ भंग गरेको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २६, २०७५     8:02:01 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *