साईकल यात्री बाँनिया नगरप्रमुखद्वारा सम्मानित

विनोद कुमार घर्ती
जाजरकोट ३१, असार । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकास घर्तीले साइकलद्धारा नेपाल भ्रमणमा रहेका ओमप्रकाश बानियाँलाई सम्मानित गनुभएको छ । बाँनिया जाजरकोट आएको सन्दर्भमा भेरी नगरपालिकाका नगरप्रमुख घर्तीले १५ हजार नगद , सिफासिर ,खादा सहित मायाको चिनो प्रदान गनुभयो ।
बैशाख १९ मा आफ्नो यात्रा सुरु गरेका बाँनियाले जाजरकोट सम्म आउँदा ४६ औँ जिल्लामा पार गरिसकेको बताउनुभयो । जसरी भेरी नगरपालिकाले मलाई सम्मान गरेर मायाको भारी बोकाउनु भएको छ , त्यसै गरी बाँकी ३१ जिल्लाले पनि मलाई माया गर्नुहुने छ भन्दै बाँनियाले आशा व्यक्त गनुभयो । घर्तीलाई बाँनियाले भन्नुभयो ‘ माया, ममता, अनि आत्मियता आर्जन गर्ने उदेश्यले म प्रदेश नं. १ को पर्यटन र साँस्कृतिक क्षेत्रको प्रवद्र्धनका साथै प्रचार प्रशार गर्ने र विश्वमै पुस्कर शाहले देशका ७५ वटा जिल्ला घुमेर साइकलद्धारा यात्रा सफल गरी विश्व रेकर्ड तोड्नु भयो र सम्मानित हुनुभयो त्यसरी नै म मेरो काम पनि देशैभरी साईकलमा यात्रा गरी ७७ जिल्ल्लाको नयाँ रेकर्ड बनाउँने इच्छा पुरा गर्ने छु ’ । बैशाख १९ गते देखि असोज १७ गते देशका ७७ वटै जिल्लाको साइकल यात्रा पुरा गरि पहिलो पटक प्रदेशको पहिलो साईकल यात्री वन्ने उद्देश्य सहित “शान्ति शुसासन र समृद्धिको ” नारा बोकेर यात्रामा लागेको नागरिक हुँ ।
उनले ७ वटै प्रदेशका धार्मिक, कलात्मक, तथा साँस्कृतिक सम्पदाको प्रचारप्रसार गर्नका लागि आफु मरिमेटी साईकल यात्रामा रहेको बताउनुभयो । ‘प्रदेश नं. १ मा बिश्वकै अग्लो शिखर सगरमाथा, पाथिभारा मन्दिर, लगाएतका आर्कषक ठाँउहरु रहेका छन् भन्दै जाजरकोटमा पनि मेरो ठाउँ जस्तै एतिहासिक ठाउँहरु रहेको पाउँदा निकै खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘ जाजरकोट दरवार, डोल्पाको त्रिपुराकोटमा रहेको त्रिपुरासुन्दरी र से–फोक्सुण्डो ताल अनी विभिन्न गाउँपालिका तथा नगरपालिकामा भएका सम्पुर्ण धार्मिक तथा पर्यटकीय स्थललाई चिनाउनका लागि मैले यो साइकल यात्रा गरेको हुँ, भन्दै उहाँले थप्नुभयो । बाँनियाले हाम्रा सम्पदाको प्रचारप्रसार साथै शान्ती, समृद्धि र स्थायित्वको नारा बोकेर देश दौडाहामा हिडेको बताउनुभयो । आईतबार जाजरकोट सदरमुकामबाट उहाँ कर्णाली प्रदेशको राजधानी सुर्खेत जानुभएको छ ।

प्रकाशित मितिः सोमवार, असार ३२, २०७५     4:21:00 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *