जाजरकोटको खाद्यान्न ठेक्कामा अनियमतिता


जाजरकोट ५ साउन – नेपाल खाद्य संस्थान जाजरकोट शाखामा आर्थिक बर्ष २०७५÷७६ को चामल ढुवानी ठेक्कामा बुधबार अनियमितता भएको छ । संस्थानको घाट डिपो र चौखा डिपोको चामल ढुवानी ठेक्कामा शाखाका कर्मचारी र व्यवशायीको मिलामतोमा अनियमितता भएको हो ।
कार्यालयले घाट डिपोको लागि ३९ लाख र चौखा डिपोको लागि १७ लाख लागतको चामल ढुवानी ठेक्का आवहान गरेको थियो । सम्बन्धित पक्षको मिलोमतोमा उक्त ढुवानी लागि शाखामा साउन २ गते १२ बजेसम्म दर्ता भएका १६ फर्मलाई अयोग्य बनाउन बिडबण्ड लगाएत कागजात गायब गर्ने र दररेट सच्याउने लगाएत अनियमित कार्य भएको छ । रकम लेनदेनको प्रलोभनमा तोकेको मिति भित्र दर्ता भएका फर्म मध्ये कुनै एकलाई योग्य बनाउन अन्य फर्मका कागजात गायब गरीएको हो । त्यस्तै कतिपय फर्मले निर्धारित समय भित्र पनि दर्ता गर्न पाएनन् । ब्यवशायीले ठेक्का मिलाउने निउमा आथर््िाक लेनदेन गरेर यस्तो अनियमतिता गरेका हुन् । संस्थानले गत असार १ गते देखि साउन १ गतेसम्म चामल ढुवानीको दरभाउ पत्र खरीद र साउन २ गते १२ बजे सम्म उक्त दरभाउ पत्र दर्ता गर्न पाउने समय तोकेको थियो । र्निारित समय भित्र शाखाको कार्यालय हाता भित्र पुग्दा समेत दरभाउ पत्र दर्ता गर्न नपाएको निसान निर्माण सेवाका लोकबहादुर सिंहले बताए । कर्मचारी र ब्यवशायीको मिलोमतोमा दररेट सच्याउने र कागजात झिक्ने तथा रितपुर्वक आएका फर्मलाई दर्ता नगर्ने कार्य भएको सिंहले बताए । कतिपय फर्मले कृषि विकास लगाएत बैंकबाट जारी भएका विडवण्ड समेत मिलामतो गरेर चामल ढुवानी ठेक्काको कार्यालयमा दर्ता भएका दरभाउपत्र फर्मबाट निकालेर लिएको उनले बताए ।
ब्यवशायीले खाद्य संस्थानको कार्यालयमा निर्धारित समय अगावै पेश भएका दरभाउपत्र कर्मचारीकै उपस्थितिमा कागजात गायब गरेको उनले बताए । संस्थानको सुचना अनुसार साउन २ गते १२ बजेसम्म दर्ता र २ बजे भित्र दरभाउपत्र खोलेर मुचल्का बनाउनु पर्नेमा मिलोमतोमा बेलुकी ५ बजेसम्म कागजात परिवर्तन गरेको सिंहले बताए । आर्थिक प्रलोभनमा परेर योग्य फर्मलाई अयोग्य बनाउने काम भएको उनले बताए । दरभाउ पत्र दर्तादेखि नै अनियमियत कार्य हुदा डिपोमा कोटा अनुसारको चामल ढुवानी नभई स्थानीयबासिन्दा खाद्य अभाव झेल्न वाध्य छन् । मिलोमतो भएपछि दरभाउ पत्र खोल्न र मुचुल्का गर्न सम्बन्धित कार्यालयका प्रतिनिधी नै २ बजे आएका थिए । तर कार्यालयको कागजमा निर्धारित समय उल्लेख भएको छ । चामल ढुवानी ठेक्कापट्टामा अनियमितता नभएको शाखा प्रमुख धर्मबहादुर बस्नेतले बताए । ब्यवशायीबाट दरभाउपत्र स्विकृतीका लागि पेश भएका कागजात फेरबदल नभएकोे बस्नेतले बताए । दरभाउ पत्र कुन फर्मको स्विकृत हुन्छ भन्ने पनि थाह नभएको उनले बताए । संस्थानमा दरभाउपत्र स्विकृतीका लागि दर्ता भएका एम बि विल्डर्स, सुदर्शन निर्माण सेवा एण्ड सप्लायर्स, केबी निर्माण सेवा एण्ड सप्लायर्स, आशिका सप्लायर्स, मधुकर निर्माण सेवा एण्ड सप्लायर्स, सेतो गरास निर्माण सेवा लगाएत फर्मको कागजात फेरबदल गरीएको हो । प्राय खाद्य अभाव हुने बारेकोट र चौखा डिपो क्षेत्रमा संस्थानको चामल ढुवानीमा अनियमितता हुने गरेको छ ।

प्रकाशित मितिः आइतवार, साउन ६, २०७५     4:24:20 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *