जाजरकोटको पहिरोमा मृत्यु भएका परिवारलाई एक लाख २५ हजार राहत



जाजरकोट २१ साउन । पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सरकारले मृतकका परिवारलाई एक लाख २५ हजार राहत उपलब्ध गराउने घोषणा गरेका छन् । उनले संघिय सरकारले एकलाख र प्रदेश सरकारले प्रति मृतक २५ हजारका दरले राहत दिने घोषणा समेत गरेका छन् ।


जाजरकोटबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने साँसदहरु गणेशप्रसाद सिंह, कृष्णा शाह र कौशिलावती खत्री सहित आएका आन्तरिक मामिला मन्त्री भण्डारीले पहिरोले क्षति पुरयाएको क्षेत्रको स्थलगत निरीक्षण गदै संघिय सरकारले प्रति मृतक एक लाख र प्रदेश सरकारले प्रति मृतक २५ हजारका दरले राहत उपलब्ध गराउने बताए ।

उनले घर भत्किएपछि विस्थापित भएर बृद्धाश्रम केन्द्रको भवनमा आश्रय लिएर बसेका पिडितहरुलाई प्रदेश सरकारले संरक्षण दिने बताए । अर्को ब्यवस्था नभए सम्मका लागी आवास ब्यवस्थापनका लागी प्रति परिवार १० हजार रुपैया र खाना खर्च उपलब्ध गराउने मन्त्री भण्डारीले घोषणा गरेका छन् ।

स्थानिय प्रशासनले किरिया खर्च वापत प्रति मृतक ३० हजार दिने निर्णय गरेको छ ।भेरी ३ ठाँटीमा आईतवार विहान गएको पहिरोले तिर्थराज बोहरा र गोपाल सुनारको घर पुर्दा मृत्यु भएका सात बालबालिका सहित आठै जनाको सोमवार दाहसंस्कार गरिएकोे छ ।

पहिरोमा परि बेपत्ता भएका नलगाड ३ करुवाका १२ वर्षीय गोविन्द परियार अझै भेटिएका छैनन् ।

प्रकाशित मितिः सोमवार, साउन २१, २०७५     5:52:48 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *