पहिरोमा बेपत्ता भएका गोविन्द अझै भेटिएनन्


दिपेन्द्र शर्मा
जाजरकोट,२२ साउन
जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरो परि बेपत्ता भएका गोविन्द परियार अझै भेटिएका छैनन ।
होमवर्क गरिरहेका वेला पहिरोमा परि बेपत्ता भएका कुशे गाँउपालीका ५ जाजरकोटका ८ वर्षीय गोविन्द परियार अझै भेटिएका छैनन् ।
आईतवार नभेटिएका गोविन्द सोमवार दिनभर खोजतलास गर्दा पनि नभेटिएको र आज पनि खोजी भइरहेकोमा अहिले सम्म भेटिन नसकेको जिल्ला प्रसासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले जानकारी दिए । नेपाल प्रहरी ,शसस्त्र प्रहरी र नेपाली सेनाले घटना स्थलमा गोविन्दको खोजिकार्य जारी राखेको प्रमुख जिल्ला अधिकारी वस्नेतले बताए ।
प्रजिअ वस्नेतका अनुसार आईतवार ८ ओटा सव निकाले पनि गोविन्द नभेटिएपछि सोमवार बिहानैदेखि नेपाल प्रहरी,ससस्त्र प्रहरी,नेपाली सेना र स्थानीय उद्धारमा जुटिरहेका छन । सोमवार पनि गोविन्द नभेटिएपछि आज विहान वाट पुरिएको घर पन्छाएर खोजी कार्य तिब्र वनाइएको भएपनि यो समचार तयार पार्दासम्म गोविन्द भेटिएका छैनन ।
दिनभर करीब तीन सयको संख्यामा सुरक्षाकर्मी र स्थानिय परिचालन गरिएपनि पहिरोमा पुरिएको आशंका गरिएका गोविन्द फेला पर्न सकेका छैनन् । पानी नरोकिएको र पहिरो गएको ठाँउ हिलाम्य भएकोले उद्धारमा कठिनाई भएको वस्नेतले बताए । मंगलवार पनि बेपत्ता गोविन्दको पुनः खोजी जारी राखेको उनले जानकारी दिए ।
आइतवार विहान गएको पहिरोले पुरेका एकै घरका चार जना सहित आठ जनाको मृत्यु भएको थियो । भेरी नगरपालिका ६ गंगटियाका लालवहादुर लुहारकी श्रीमती २५ वर्षीया शितली लुहार, उनका छोरीहरु १० वर्षीय रञ्जना लुहार , ७ वर्षीय मनिसा लुहार, र ३ वर्षीय भगवती लुहार, कुशे गाँउपालीका ५ का १३ वर्षीय नरेन्द्र परियार, १० वर्षीय दशरथ परियार कुशे ६ का ११ वर्षीय नवीन परियार र वारेकोट गाँउपालीकाका तिर्थ वोहराकाकी छोरी नजम वोहराको मृत्यु भएको थियो ।
भेरी नगरपालिका वडा नं. ३ ठाटीवजारवाट पानीनाउला जाने वाटोमा रहेका गोपाल नेपाली र तिर्थराज बोहराको घरमा पहिरो जाँदा भेरी नगरपालिका ६ गंगटियाका लालवहादुर लुहारको जीवितै उद्धार गरिएको थियो । जीवितै उद्धार गरिएका लालवहादुर लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । छाती, टाउको र खुट्टामा चोट लागेका लुहारको अवस्था सामान्य रहेको प्रजिअ वस्नेतले वताए ।

प्रकाशित मितिः मङ्लबार, साउन २२, २०७५     7:23:35 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *