कांग्रेश नेता खड्काद्धारा राहत वितरण


सुर्खेत २७ साउन . जाजरकोटमा गएको पहिरोमा पुरिएर मृत्यु भएका ९ जनाका परिवारलाइ नेपाली काँग्रेस जाजरकोटका नेता रत्नवहादुर खड्काले राहत वितरण गरेका छन ।
जाजरकोटको सदरमुकाम खलंगामा एक हप्ता अगाडी गएको पहिरोमा परि मृत्यू हुने प्रति मृतक रु ३० हजारका दरले नेता खड्काले नगद राहत सहयोग गरेका हुन ।
पहिरोमा परि मृत्यु भएकाहरुका पिडित परिवारहरुलाइ उनीहरुले अस्थायी रुपमा आश्रय लिएर वसिरहेको ठाँटीवजार स्थित वृद्धाश्रममा पुगेर सहयोग दिएका हुन् । आइतवार विहान वृद्धाश्रममा आयोजित एक कार्यक्रममा ख्डकाले उपलव्ध गराएको सहयोग रकम प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेत र नेपाली कांग्रेशका महासमिति सदस्य खड्काले सयँुक्त रुपमा पिडित परिवारलाइ हस्पतान्तरण गरेका छन ।
पहिरोमा परि मृत्यु भएका भेरी नगरपालिका ६ गंगटियाका लालवहादुर लुहारकी श्रीमति सितला लुहार छोरीहरु भगवती, रन्जना र मनिषाको लागि प्रति मृतक रु ३० हजारका दरले रु एकलाख २० हजार, कुसे गाउँपालिका ५ खुर्पा घर भइ नलगाड नगरपालिका ३ करुवाका गोविन्द परियार र दसरथ परियारको लागि उनकी दिदिलाई रु ६० हजार , कुसे गाउँपालिका ६ भार्माका नवीन परियारको लागि उनका वुवा कृष्ण परियालाइ रु ३० हजार तथा सोहि गाउँपालिकाको वडा नम्वर ५ नाउलीखेतका नरेन्द्र परियारको लागि उनका वुवा प्रेम परियारलाइ रु ३० हजार गरि ९ जनाका पिडित परिवारलाइ दुइ लाख ७० हजार नगद सहयोग गरेको नेता खड्काले वताए ।
मृतकका परिवारलाइ यस अघि केन्द्र सरकारले एक लाखका दरले, प्रदेस सरकारले २५ हजारका दरले, र भेरी नगरपालिकाले ३० हजारले दरले राहत रकम सहयोग गरेका थिए । पहिरोमा आफन्त गुमाएका पिडित परिवारको दुखमा साथ दिन यो सहयोग गरेको खड्काले वताए । धन भन्दा पनि पिडितहरुको दुखेको मन ठुलो भएकोले आफुले आफनो कमाइको रकमवाट उनीहरुलाइ यो सहयोग गरेको खड्काको भनाई छ ।

प्रकाशित मितिः आइतवार, साउन २७, २०७५     11:17:43 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *