वेल्चा लिएर फोहर उठाउदै कर्णालीका मुख्यमन्त्री

भाद्र ९, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाही शनिवार विहानै वेल्चा लिएर सडकमा देखिएको फोहर उठाउदै सडक सरसफाई गरेका छन ।
नेपाल मानव धर्म सेवा समिति सुर्खेतद्वारा आज आयोजित ‘नगर सरसफाई कार्यक्रममा सहभागी हुदै मुख्यमन्त्री शाहीले सडक सरसफाई गरेका हुन ।
टीसर्ट, ट्राउजर र स्पोर्ट सुजमा २ जना अंगरक्षक सहित हातमा वेल्चा वोकेका मुख्यमन्त्री शाही वीरेन्द्रनगरको घण्टाघर चोकमा पुगेर सरसफाई शुरु गरेका थिए ।


मुख्यमन्त्रीलाई साथ दिदै कर्णाली प्रदेश सरकारका प्रवक्ता भुमी ब्यवस्था , कृषि तथा सहकारी मन्त्री विमला केसी , वीरेन्द्रनगरपालीका सुर्खेतका नगरप्रमुख देवकुमार सुवेदी , नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक युवाहरु सहित टालीले पनि फोहोरको थुप्रो सफा गरेको थियो ।
‘नगर सरसफाई’ उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभ्य परिचय दिन सरसफाई अपरिहार्य भएको बताए । मुख्यमन्त्री शाहीले सवैले होतेमालो गरे मात्रै सरसफाईबाट स्वस्थ, स्वच्छ, सुन्दर र सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताए । उनले सुन्दर, शान्त र आदर्श समाज निर्माणमा साथ दिन सबैलाई आग्रह गरेका थिए ।
उनले भने सुन्दर बीरेन्द्रनगरसहित कर्णाली प्रदेशका निर्माणका लागि सबै जुटौं, रुख रोपौं, फुल रोपौं र चेतनामा परिवर्तन गरौं ।” सुन्दर एवं समृद्धि कर्णालीका लागि प्रदेश सरकारले महिनामा दुई दिन श्रम दिवसका रुपमा मनाउने नीतिगत निर्णय गरेको उनको प्रष्टोक्ति थियो ।

प्रकाशित मितिः शनिबार, भदौ ९, २०७५     2:13:19 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *