स्टे होटेल भ्याली भ्युद्धारा तिज विशेष अफर


सुर्खेत ९ भाद्र / सुर्खेतको स्टे होटेल भ्याली भ्यु प्रालीले तिज विशेष अफर ल्याएको छ । कर्णाली प्रदेशको पर्यटन विकासमा टेवा पुरयाउन होटेलले प्याकेजको निमार्ण गरेको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालीका –१४ गढीमा रहेको होटललाई पर्यटकिय केन्द्रको रुपमा विकास गर्न विभिन्न प्याकेज ल्याइएको होटेलमा आज आयोजित पत्रकार सम्मेलनमा होटेलका संचालक तर्कवहादुर शाहीले वताए ।
तिजको अवसरमा खुला गरिएको प्याकेजमा अर्गानिक चिजको खाना, यातायातको सुविधा,भ्याली देखि होटेल भएको स्थान गडि ल्याउने र पुरयाउने , महिला लाई तिज सम्म प्याकेजको खर्चमा १५ प्रतिशत छुट दिने वताए । तिजको कार्यक्रम संचालनका लागी आउने सेवा ग्राहीका लागी कार्यक्रम संचालन गर्न हल निशुल्क उपलब्ध गराउने उनले जानकारी दिए ।
तिजका दिनमा स्थानीय टोल विकास संस्थासँगको सहकार्यमा होटेलमा तिज विशेष कार्यक्रमको आयोजना गरिने र उक्त कार्यक्रममा लाग्ने सबै खर्च होटेल नै व्यहोर्ने शाहीले वताए । तिजको दिनमा आयोजित विशेष कार्यक्रममा स्थानीय महिलाहरुलाई आमन्त्रण गरिने उनले बताए । समुहमा आउन चाहनेका लागी सुविधा सम्पन्न यातायातको संचालनको तयारी भइरहेको उनले वताए ।

तिज पछि थप प्याकेज संचालन गरिने
तिजको प्याकेज सकिए पछि कर्णालीको पर्यटन प्रवद्धनमा टेवा पुरयाउन विभिन्न प्याकेज निमार्ण गरिएको हो । होटेलले मुगुको रारा,डोल्पाको फोक्सुण्डो,अछामको रामारोशन लगाएतका यस क्षेत्रका पर्यटकिय क्षेहरुमा भ्रमण गराउने योजना तयार गरिएको होटेलका अध्यक्ष शाहीले वताए ।
एक हजार जना भन्दा बढी अटने कर्णालीकै सबैभन्दा ठूलो हलसमेत रहेको उक्त होटेमा २० वता कोठा छन भने उक्त कोठाहरुमा ५० जना अटन सक्ने शाहीले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, भदौ ९, २०७५     2:37:40 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *