कर्णाली प्रदेशको कृषि मन्त्रालयद्धारा ३१ कर्मचारी सम्मानित



सुर्खेत २२ भाद्र / कर्णाली प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रालयमा कार्यरत निजामती कर्मचारी लाई पहिलो पटक सम्मान गरेको छ ।
पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा विभिन्न महाशाखा तथा शाखाका ३१ जना कर्मचारीलाई सम्मान गरिएको हो ।


निजामति सेवा दिवसको अवसरमा शुक्रवार कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि कर्मचारीहरु लाई सम्मान गरिएको मन्त्रालयका सचिव शिवनारायण चौधरीले जानकारी दिए ।

आ.व. ०७४÷०७५ को वजेट कार्यन्वयनमा अहोरात्र फिल्डमा खटने कर्मचारीलाई सम्मान गरिएको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले वताइन ।
कर्मचारीहरुलाई सम्मान गर्दै मन्त्री केसीले कर्मचारीको लगनशिलता र इमान्दारीताका कारण जसरी आ.व. ०७४÷०७५ को वजेट कार्यन्वयनमा सफलता प्राप्त भयो त्यसरी नै चालु आवको वजेट कार्यन्वयनमा सफल्ता मिल्ने विश्वास ब्यक्त गरिन ।

आर्थिक वर्ष ०७४।०७५को वजेट कार्यन्वयन प्रगति ६४ दशमलव २३ गरेकोमा कर्मचारीहरुलाई धन्यवाद ब्यक्त गरिन । मन्त्री केसीले आगामी वर्षका लागि मुख्य मन्त्री उत्कृष्ट पुरुस्कार हात पार्नका लागि आज देखि वजेट कार्यान्वयनको लागी लाग्न आग्रह गरिन । उनले भनिन यो एउटा खेल हो आज वाट उदघाटन भयो , तपाइहरु यसको खेलाडी हुनुभएको छ ।

कर्णाली प्रदेश सरकारको आ.व. ०७५÷०७६ को वजेट कार्यन्वयन गर्नका लागी कार्यविधि निमार्ण गर्नु अहिलेको पहिलो प्राथमिकता रहेको वताइन । वजेट कार्यन्वयनका लागी मन्त्रालयका सवै कर्मचारीहरु तदरुकताका साथ लाग्नुपर्ने मन्त्री केसीको भनाइ छ । अरुका कुरा काटेर समय वर्वाद वनाउनु भन्दा सिर्जनात्मक काम गर्नुपर्छ मन्त्री केसीले भनिन ।

प्रकाशित मितिः शुक्रबार, भदौ २२, २०७५     3:45:53 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *