कृषिका ७५ प्रतिशत कार्यक्रम परिणामुखी बनाउँछौःमन्त्री केसी

सुर्खेत, ५ असोज । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कृषि मन्त्रालयअन्तर्गत ७५ प्रतिशत कार्यक्रम परिणाममुखी बनाउने बताएकी छन ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाद्वारा आज कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर सुर्खेतमा आयोजित समापन कार्यक्रममा सहकारीमन्त्री केसीले कृषि मन्त्रालयअन्तर्गत ७५ प्रतिशत कार्यक्रम परिणाममुखी बनाउन उक्त कुरा बताएकी हुन ।
गत वर्ष कृषि तथा सहकारी मन्त्रालयले अन्य भन्दा अपेक्षित काम गरेको बताउँदै मन्त्री केसीले भनिन अनुदानको वितरण ढाँचा भिन्नै बनाउँदै छौं, जसले वास्तविक किसानहरुलाई सम्बोधन गर्न सकोस् । कृषिको वजारीकरणको जिम्मा राज्यले लिनुपर्छ अनि मात्र ब्यवसायिकरण हुन सक्छ मन्त्री केसीले भनिन । आत्मनिर्भर हुनका लागी कृषकलाई सम्मान हुने खालको पेशा हुनु पर्ने उनको भनाई छ । कर्णाली प्रदेश सरकारले कृषक पेन्सन कार्यक्रम ल्याएको जानकारी गराउदै मन्त्री केसीले यसलाई प्रभावकारी वनाउन विज्ञहरुको रचनात्मक सल्लाह सुझाव आवश्यक रहेको वताइन ।

प्रकाशित मितिः शुक्रबार, अशोज ५, २०७५     2:50:09 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *