उत्पादनका आधारमा प्रोत्साहन अनुदान दिइने



सुर्खेत २० असोज /कर्णाली प्रदेश सरकारले उत्पादनका आधारमा प्रोत्साहन अनुदान वितरण गर्ने भएको छ ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले कृषकहरुलाई उत्पादनका आधारमा प्रोत्साहन अनुदान वितरण गर्ने वताइन ।
विश्व सहकारी दिवसका अबसरमा आयोजित श्री गङगामाला स्वाबलम्बन बिकास बचत तथा ऋण सहकारी सस्था लिमिटेड भेरिगङ्गा नगरपालिका १२ सुर्खेतको २१ औ बार्षिक साधारणसभाको उदघाटन कार्यक्रममा मन्त्री केसी कर्णालीका कृषकहरुलाई उनिहरुले गरेको उत्पादनका आधारमा सरकारले प्रोत्साहन अनुदान वितरण गर्ने वताएकी हुन ।


मन्त्री केसीले सहकारी मार्फत कर्णालीका जनताको जीवनस्तर उकास्न प्रदेश सरकार गम्भीरतापुर्वक लागी परेको वताइन । “सहकारी मार्फत कर्णालीलाई समृद्ध गर्न सकिन्छ, सहकारी मोडेलमा समाजवादमा पुग्न सहज हुन्छ, त्यसैले समाजवादमा जान सहकारीको महत्वपुर्ण योगदान रहेको छ ” केसीले भनिन । मन्त्री केसीले समाज परिवर्तन गर्न सहकारीको भुमिका महत्वपुर्ण रहेकोले सामाजिक विकृती अन्त्यका लागी सहकारीहरुले जनचेतनामुलक अभियान संचालन गर्नुपर्ने उनले वताइन ।


समाजमा रहेको गरिवीलाई अन्त्य गर्न सहकारी मार्फत सम्भव रहेकोले कर्णाली गरिवी सदाका लागी अन्त्य गर्न सहकारी महत्वपुर्ण भुमिका रहेको मन्त्री केसीको भनाई छ । गरिवीका कारण लाखौ नेपालीहरु दैनिकरुपमा विदेशीन वाध्य भएको भन्दै मन्त्री केसीले सहकारी मार्फत नेपालमै रोजगारी सृजना गरिने वताइन । सहकारी मार्फत कर्णालीमा रोजगारीको वातावरण सृजना गरिने केसीले जानकारी दिइन ।

प्रकाशित मितिः शनिबार, अशोज २०, २०७५     6:04:59 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *