परिवर्तनको सुरुवात आफै बाट गरौ

  • शर्मीला थापा

मानव सभ्यताको विकास संगै महिला र पुरुषको अस्तित्व सर्वस्विकार्य रहेको छ, सृष्टीका रचनाकारका रुपमा दुवैको भूमिका उत्तिकै छ, महिला र पुरुषका विचमा जुन जैविक तथा प्राकृतिक विविधता रहेको छ त्यस लाई हामी चाहेर पनि बदल्न सक्दैनौ, प्रकृतिले दिएका यस्तै केही जिम्मेवारी र भूमीका छन त्यसलाई हामीले सजिलै स्विकारी सकेका छौ । तर त्यस बाहेक समाजले सामाजिक मुल्यमान्यता, धर्म तथा परम्पराका नाममा महिला लाई एउटा छुट्टै सिमा रेखा कोरीदिएको छ । यसरी रेखा कोरीदिएको छ कि जसलाइ मेट्न हामीलाई समय लाग्नेछ ।

विगत देखी समाजले विभाजित र विकसीत गर्दै ल्याएकोँ लैङगिंकताले सिगों मानव समुदायलाई विखण्डीत र विभाजित मात्र गरेन महिला र पुरुष विच एक अर्कामा गरीने व्यवहार, हेरीने दृष्टिकोण, प्रदान गरीने जिम्मेवारी, उपलब्ध गराइने अवसर, अधिकार र उत्तरदायित्व मा नै फरक हुने गरी सिमा निर्धारण गरीदियो, जसले गर्दा महिला लाई आफ्नै वैयक्तिक क्षमता, योग्यता र दक्षता को प्रस्फुटन र प्रदर्शन गर्न बाधा सिर्जना भई जिवन स्तरको प्रबर्द्धन गर्न सक्ने सम्भावनालाई क्षयीकरण गर्नु पर्यो ।
हरेक समाज मा महिलालाई तल्लो दर्जामा राखीएका कारण महिलाहरुले आफ्ना नैसर्गिक हक अधिकारका लागि आवाज उठाउँदै गर्दा सन् १९१० मा पुरुष सरह महिला को पनि राजनितिक, आर्थिक, सामाजिक तथा शैक्षिक अधिकारको लागि चिन, अमेरीका, ब्राजिल जस्ता देशहरुमा लैङगिकं समानताको औपचारीक धारणा आएको पाइन्छ । यसको झण्डै केही बर्ष पछि महिलाहरुको अथक प्रयासले पुर्ण लैङगिकं समानता, लैङगिकं भेदभाव उन्मुलन गर्ने र विकासमा महिलाको पुर्ण सहभागिता जस्ता विषय उठान गरेर सन् १९७५ मा मेक्सिकोमा प्रथम महिला सम्मेलन भयो, महिला सम्मेलन भएको झण्डै ५ दशक पुग्नै लाग्दा साँच्चिकै आम महिला को अवस्था परिवर्तन भएकै हो त रु अवस्था परिवर्तन भयो कि व्यवस्था परिवर्तन भयो रु यो बुझ्नु जरुरी छ/
प्रत्येक वर्ष मार्च ८ तारिख मा नारी दिवस मनाउछौ नारी दिवस मनाउँदै गर्दा लैङगिकं समानताका दरीला नारा र चर्का भाषण गर्छौ, कतिपय पुरुष हरुले महिला आन्दोलन लाई पुरुष विरोधि आन्दोलनका रुपमा ब्याख्या गरेता पनि सार्वजानिक कार्यक्रममा बोल्दा बडो महिला मैत्रि आदर्शका कुरा उठान हुने गर्छन् । केही सभ्य तथा पदीय जिम्मेवारी र दायीत्व बहन गरेका आम नारीले पनि नारीले चुल्हो चौको छाडेर बाहिर आउने घर भित्र मात्र सिमित नरहने भन्ने कुरा उठान गर्छौ, राष्ट्रिय ताथ अन्तराष्ट्रिय स्तरमा हुने र हुन लागेका व्यवस्था बारे जानकारी गराउँछौ, यो पनि दिर्घकालमा गरीने सारभुत समानताको सकारात्मक सोच हो । यति गर्दा हामीले गर्दै गरेका चर्का कुरा र नारा ले हाम्रो विचार र व्यवहारलाई परिवर्तन गर्यो त रु हामिले उठान गरेका कुराले हामिलाई स्पर्श गर्यो कि गरेन रु यो आफै भित्रको गम्भिर प्रश्न हो यसलाई केलाउनु पर्ने जरुरी छ ।
विश्वका महिलाहरुको विकासक्रम लाई केलाउनु अगाडी आफ्नै घरका महिलाको वास्तविक अवस्थाको बारेमा बुझ्नु पर्ने आवश्यक देखिन्छ । पछिल्लो समयमा सामाजिक सभ्यताको जति(जति विकास हुदै गयो महिला हरु त्यति नै सामाजिक नियम, कानूनमा बाँधिएको उदाहरण हामी प्रशस्त देख्न सक्छौ । हामी (महिला, पुरुष) दुवैले यो बुझ्न जरुरी छ की समाज परिवर्तन हुन्छ, नै तर पहिला आफ्नो मन, मष्तिष्क र व्यवहार परिवर्तन गरौ, बाहिर गर्ने आदर्शका कुरा संगै परिवारमा पनि चेतना जगाउँ, प्राकृतिक विविधतामा बाहेक सवै कुरामा मिलेर सहकार्य गरौ ।

सरोकारवाला महिलाले पनि मात्र कसैलाई देखाउन कै लागि आदर्शका कुरा नगरौ दिन भरी महिला समानताका कुरा गर्दै घरेलु हिंसा सम्बन्धि बहस गर्ने अनि घरमा गएर आफै घरेलु हिंसा को सिकार हुने कतिपय उदाहरण हाम्रो समाजमा छरपस्ट भएका छन । तसर्थ लैङगिकं समानता कायम गर्नु पहिला आफैलाई परिवर्तन गरौ मनै देखी आफ्नो सोच परिवर्तन गरौ समाजमा महिला प्रति हेराइको दृष्टीकोण सुधार गरौँ कसैको मनमा पनि महिला भएकै कारणले कुनै पनि काम बाट बञ्चित हुनु पर्छ भन्ने भावनाको अन्त्य गरौ आफ्नो सोच व्यवहार परिवर्तन गर्न सकियो भने लैङगिकं समानता संगै राष्ट्र सक्षम हुनेछ ।

(लेखक ः उद्योग, पर्यटन, वन तथा वातावरण  मन्त्रालय कर्णाली प्रदेशमा कार्यरत छन)

प्रकाशित मितिः बिहिबार, फाल्गुन २३, २०७५     10:37:26 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *