कर्णालीमा प्रांगारिक कृषि विधेयकको स्वागत



दिपेन्द्र शर्मा
सुर्खेत, २७ फागुन /कर्णाली प्रदेश सभाको वैठकमा सांसदहरुले प्रांगारिक कृषि विधेयकको स्वागत गर्नुभएको छ ।
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको चौथो बैठकमा “कर्णाली प्रदेश प्रांगारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथीको सैद्धान्तीक छलफल सांसदहरुले उक्त विधेयकको स्वागत गर्नुभएको हो ।
छलफलमा भाग लिदै प्रदेश सभा सदस्य गोपाल शर्माले कर्णाली प्रदेश सरकारले नागरिकका जीवनसंग चिन्तीत भएर ऐन ल्याएको भन्दै सरकार लाई धनयवाद ज्ञापन तथा ऐनको स्वागत गर्नुभयो । यसलाई सार्थकता दिन स्थानीय उत्पादनमा प्रोत्साहन गर्नुपर्ने उहाँले वताउनुभयो । उहाँले भन्नुभयो स्थानीय उत्पादनलाई वढवा दिनु पर्छ, विषाधी मुक्त समाज वनाउनु पर्छ अनि मात्र ऐनले लिएका उद्देश्यहरु पुरा हुनेछ । प्रदेशलाई समृद्ध र सुखी वनाउन अर्गानिक उत्पादनमा जानुको विकल्प नरहेको शर्माको भनाई छ ।
त्यस्तै सांसद यज्ञवहादुर विसीले कर्णालीको पहिलो आधार भनेको कृषि पेशा भएकोले त्यसलाई फराकिलो वनाउन सरकारले ल्याएको प्रांगारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कोशे ढुंगा सावीत हुने वताउनुभयो । रसायनिक वाट उत्पादन भएका कृषि वस्तुको विस्थापन गरि अर्गानिक उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाई थियो । स्थानीय उत्पादनलाई वृद्धि नगरी किसानको जीवन स्तर माथी लउठने भन्दै गरिव किसान लक्षित अर्गानिक कार्यक्रम संचालन गर्नुपर्ने वताउनुभयो । पहिला हेला गरिएका स्थानीय उत्पादनलाई यो ऐनले प्रोत्साहन गर्ने सांसद विसीले विश्वास गर्नुभयो ।
प्रांगारिक कृषि ऐन नेपालकै पहिलो ः मन्त्री केसी
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै भुमि ब्यवस्था , कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेश लाई अर्गानिक प्रदेश वनाउने सरकारको पहिलो संकल्प भएकोले नेपालको इतिहासमा पहिलो पटक कर्णालीमा यो ऐन ल्याइएको जानकारी दिनुभयो ।
अवका हरेक वजेट अर्गानिक संग सम्बन्धीत हुनुपर्ने वताउदै मन्त्री केसीले कर्णालीको अर्गानिक उत्पादनलाई वृद्धि गर्न प्रोत्साहन अनुदानको निति लिइएको जानकारी दिनुभयो । किसानले उत्पादन गरेका कृषि वस्तुको वजारीकरण र प्रवद्धनमा सरकारले सहयोग गर्ने वताउनुभयो । विषाधीलाई निरुत्साहित गर्न जैविक मल र जैविक विषाधीको उत्पादनलाई जोड दिएको उहाँको भनाइृ थियो । कर्णाली प्रदेश लाई अर्गानिक प्रदेश वनाउन अव पारिवारिक खेतिको शुरु गर्नुपर्ने मन्त्रीकेसीको तर्क थियो ।
सांसदहरुद्धारा सरकारको ध्यानाकर्षण
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको चौथो बैठकमा वोल्ने सांसदहरुले वातावरणीय प्रभाव मुल्याङकन गरेर मात्र सडक निमार्ण गर्न माग गरेका छन ।
बैठकको विषेश समयमा बोल्दै साँसद मिनासिंह रखालले प्रदेश भित्रका विभिन्न सडकहरु धुलाम्मे भएको भन्दै यसलाई तत्काल मर्मत सम्भार गर्न माग गर्नुभयो । प्राय सडकहरु खाल्डा खुल्डी छन , वाटो सडक कसको अधिकार भित्र पर्छ कसले मर्मत सम्भार गर्ने हो भन्दै प्रश्न गर्नुभयो । सांसद अमृता शाहीले सुर्खेतको भेरीगंगा नगरपालीकाको रामघाटको पुलको शिलान्यास गरेको दुइ वर्ष विति सक्दापनि निमार्ण कार्य शुरु नहुदा पुर्वी सुर्खेतवासीहरुले दुख पाएको भन्दै तत्काल निमार्ण कार्य शुरु गर्न माग गर्नुभयो । सांसद कौशिलावति खत्रीले उपचारको अभावमा ग्रामीण भेगका सुत्केरी महिलाहरुले ज्यान गुमाउनु परेको भन्दै गाँउमै उपचारको ब्यवस्था तथा आपतकालीन स्वास्थ्य सेवा प्रत्याभुति दिलाउन माग गनुृभयो । महिनावारी हुदा र स्वास्थ्य संस्थामा वच्चा जन्माउने कुरामा लाज मान्ने हाम्रो समाज छ उहाँले भन्नुभयो । यसका लागी कर्णालीका प्राय गाँउमा सुरक्षित मातृत्वको लागी प्रभावकारी कार्यक्रम संचालन गर्नुपर्नेमा सांसद खत्रीले जोड दिनुभयो । सांसद दानसिंह परियारले अव वन्ने हरेक संरचना अपाङ्गमैत्री वन्नुपर्ने वताउनुभयो । त्यसका लागी सवै भन्दा पहिला कर्णालीको प्रदेश सभाको भवनलाई पनि अपाङ्गमैत्री वनाउन जरुरी छ उहाँले भन्नुभयो । त्यस्तै सांसद वद्यमी कुवरी वोहराले कर्णालीको जडिवुढिलाई ब्यवस्थीत वनाई प्रदेशको आर्थीक अवस्था माथी उकास्न तत्काल कानुन वनाउन माग गर्नुभयो । सुर्खेतका सांसद ठम्बर विष्टले वाढीपिडितको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २७, २०७५     2:09:57 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *