अर्गानिक उत्पादनमा लगानी गर्न आग्रह


सुर्खेत १८ ,चैत्र/कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमी ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा कार्यरत बैकहरुलाई कर्णालीको अर्गानिक उत्पादनमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा मन्त्रालयद्धारा आयोजित कृषि क्षेत्रमा सहुलियतपुर्ण ऋण लगानी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री केसीले कर्णालीमा कार्यरत बैंकहरुलाई यहाँको अर्गानिक उत्पादनका क्षेत्रमा ऋण लगानी गर्न आग्रह गर्नुभएको हो ।
कृषिमा लगानी गर्ने वातावरण सृजना गर्न बैंकहरुको भुमीका महत्वपुर्ण हुने भन्दै राष्ट्र बैंकको मापदण्ड वमोजिम लगानीका क्षेत्रमा कृषिलाई प्राथमिकता राख्न मन्त्री केसीले सुझाव दिनुभयो ।
किसान लक्षित प्राय कार्यक्रम तथा लगानीहरु वास्तविक कृषकसंग नभई विचौलीयाले प्राप्त गर्ने गरेको भन्दै त्यसलाई वास्तविक कृषकले नै पाउने गरि प्रवाह हुनुपर्ने उहाँको भनाई थियो । वैंकहरुले अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नका लागी ब्यवसायिकरुपमा कृषिमा काम गर्ने किसानलाई सहुलियतमा कर्जा दिनुपर्नेमा मन्त्री केसीले जोड दिनुभयो । अवका हरेक लगानीहरु किसान मैत्रि वनाएर किसानलाई सम्मानित हुने खालका कार्यक्रम संचालन गर्नुपर्ने मन्त्री केसीले वताउनुभयो ।
वित्तिय साक्षरताको कमीले किसानहरुलाई ऋण प्रवाहमा समस्या भएको ज्योति विकास बैंक सुर्खेतका प्रमुख गंगाराम चौलागाइले वताउनुभयो । वास्तविक किसानहरुसंग पुग्ने गरि लगानी गर्न वित्तिय साक्षरताका लागी जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने प्रमुख चौलागाइको भनाई थियो ।
कर्णालीका कृषकहरुले सहजरुपमा राहत पावस,बैंकहरुद्धारा प्रवाह गरिने सेवामा सहजता होस भनेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव शिवनारायण चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १९, २०७५     11:21:53 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *