सहकारी मार्फत उन्नत जातको बोका बितरण

सुर्खेत १९ जेष्ठ/सुर्खेतको भेरीगंगा नगरपालिका २ लेखपराजुलका कृषकलाई सहकारी मार्फत उन्नत जातको बोका वितरण गरिएको छ ।
कर्णाली प्रदेशका भूमी व्यवस्था,कृषि तथा सहकारीमन्त्री बिमला केसीले अनुदानको दुरुपयोग गर्ने कृषकलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका २ लेखपराजुलका कृषकलाई उन्नत जातका बोका वितरण गर्नुहुँदै मन्त्री केसीले यस्तो बताउनुभएको हो ।
उहाँले अनुदान सदुपयोग भए÷नभएको निरन्तर अनुगमन गर्ने बताउनुभयो । सरकार कृषकको पक्षमा रहेको भन्दै उहाँले अनुदानको सही सदुपयोग गरेर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । सहकारी क्षेत्र नै समाजवादको मुख्य आधार भएकाले सहकारीमार्फत कृषकलाई प्रर्वद्धन र प्रोत्साहन गर्न सरकार सधैं तयार रहेको बताउनुभयो ।
मन्त्री केसीले चुरे पर्वत साना किसान कृषि सहकारी संस्थाका ८५ सदस्यलाई उन्नत जातको बोका वितरण गर्नुभएको थियो । भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु. ५० लाख तथा समुदायको ३० प्रतिशत रकम १५ लाख गरेर ६५ लाख लागत सहभागीताको सहयोगमा बोका वितरण गरेको हो । उक्त बजेट बोका खरिदका साथै औषधि, खोर सुधारलगायतमा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी मोहन गिरिले जानकारी दिनुभयो । उक्त वजेटवाट टाटुन निमार्ण ८०, गोठ सुधार निमार्ण ८० वटा र टिपिङ टयाङक ३ वटा निमार्ण गरिएको हो । सरकारवाट प्राप्त अनुदानका वोका लाई कृषकलाई गोलाप्रथाको माध्यमबाट छनौट गर्न लगाइएको चुरेपर्वत साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष पदमवहादुर वलिले जानकारी दिनुभयो ।
त्यस्तै, मन्त्री केसीले आजै वीरेन्द्रनगरस्थित भेटनेरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र सुर्खेतमा भैरवी गाउँपालिका ७ मान्म दैलेखस्थित ३४ जर्सी गाई हस्तान्तरण गर्नुभयो । मन्त्रालयको युवा लक्षित कार्यक्रम अन्तर्गत ५० लाख र भैरवी गाँउपालीकाको ३ लाख गरेर ५३ लाख लागतमा गाइहरु अनुदानमा वितरण गरिएको हो । जर्सी होलेस्टिनक्रस जातका गाँइ कैलालीबाट ल्याइएका हो । सरकारले अनुदानमा प्रदान गरेका गाइको मुल्य ढुवानी र गोठ सुधार वाहेक प्रति ७५ हजार परेको कार्यालयले जनाएको छ । भैरवी गाउँपालिकामा ६० जर्सी गाई वितरण गरिने पशु सेवा विज्ञ केन्द्रको तयारी छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७६     10:57:33 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *