शाहीलाई यातना दिइएको होइन ः डिआइजी शाह




सुर्खेत २० जेष्ठ /आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई हिरासतमा नराखेको प्रहरी जनाएको छ ।
शाहीलाई पक्राउ पूर्जीविनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहेका बेला कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिदै शाहीलाई हिरासतमा नराखेको वताएको हो ।
पक्राउ परे लगत्तै शाहीलाई हिरासतमा नराखेर काठमाडौं पठाइएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाहले जानकारी दिनुभयो । गत वैशाख १८ गते सुर्खेतमा आयोजित आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै कर्णालीका पत्रकारलाई गालीगलौज गरेको भिडियो पोष्ट भएको थियो । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र सुर्खेत शाखाका तर्फवाट प्रहरीमा जाहेरी दिइएको थियो । पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भन्दै अनलाइनमा अन्तर्वार्ता दिएका शाहीलाई जेठ १५ गते सुर्खेतको वीरेन्द्रनगरको खुल्लामञ्चवाट प्रहरीले पक्राउ गरेको थियो ।
खुल्लामञ्चमा भइरहेको कार्यक्रम सम्पन्न भए लगत्तै पक्राउ पूर्जी दिएर शाहीलाई पक्राउ गरिएको र सो क्रममा उनका समर्थकहरुले प्रहरीमाथि ढुंगामुडा गरेको डिआइजी शाहले बताउनुभयो । ‘शाहीका समर्थकहरुले प्रहार गरेको ढुंगा लागेर छ जना प्रहरीसहित शाही पनि घाइते भएका हुन शाहले भन्नुभयो । शाहीलाई खुल्लामञ्चबाट पक्राउ गरेर ल्याएपछि प्रहरी निरीक्षकको कक्षमा राखेर सोधपुछ गरिएको तर कुनै किसीमको यातना नदिइएको उहाँले वताउनुभयो । पक्राउ लगत्तै शाहीलाई मेडिकल चेकजाँचपछि सिधै काठमाडौंको नाइट बसमा राखेर आवश्यक कारवाहीका लागि पठाएको शाहले जानकारी दिनुभयो ।
शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हवल्दार प्रकाश बुढा र जवानहरु रामसागर वर्मा, जीतबहादुर बोहरा, पवन सुवेदी र हस्त सिंह घाइते भएका थिए प्रहरीले जनाएको छ । । शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ सुर्खेतका प्रेम विक, दीपक शाही, सिंजा जुम्लाका हिक्मत खत्री, मदन शाही, कोहलपुर बाँकेकी मेनुका भूषाल र रजिना परियारलाई पक्राउ गरेको थियो । शाहीसँगै पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको छ प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६     10:49:01 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *