कर्णालीको ७५ प्रतिशत बढी जमिन अर्गानिकः मन्त्री केसी


दिपेन्द्र शर्मा
सुर्खेत २० भाद्र/कर्णाली प्रदेशका भूमि व्यवस्था कृषितथा सहकारीमन्त्रीविमला केसीले कर्णालीप्रदेशको ७५ प्रतिशत बढी जमिन अर्गानिक भएको वताउनुभएको छ ।
कृषि तथा पशुपन्छी बिकास मन्त्रालय काठमाडौको कृषि विभागद्धारा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरिय प्राङ्गारिक कृषि प्रबद्र्धन कार्यक्रम संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री केसीले कर्णाली प्रदेशको ७५ प्रतिशत भन्दा बढी जमिन अर्गानिक वताउनुभएको हो ।
कर्णालीमा विषाधी तथा रासायनिक मलको खपत कम भएकोले अर्गानिक प्रदेश वनाउन सहजता हुने मन्त्री केसीले वताउनुभयो । “ कर्णाली भुगोल आफैमा अर्गानिक छ, त्यसैले अरु प्रदेश भन्दा कर्णालीमा अर्गानिक वनाउन सहज देखिन्छ”उहाले भन्नुभयो । यो पनि कर्णालीलाई अर्गानिक बनाउने एक महत्वपूर्ण आधार भएको मन्त्री केसीको भनाई छ ।
कर्णालीलाई पुर्णरुपमा अर्गानिक प्रदेश बनाउन केही चुनौती त देखिन्छ तर प्रदेश सरकार संचालन गरेको अर्गानिक विशेष कार्यक्रमले चुनौतीको सामना गर्ने उहाँको भनाई छ ।

कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रीपरिषदको वैठकले कर्णालीलाई अर्गानिक प्रदेश वनाउने निर्णय गरेको भन्दै मन्त्री केसीले अव सरकारका हरेक योजना तथा कार्यक्रमहरु अर्गानिक विशेष हुने वताउनुभयो । सरकारका हरेक योजना तथा कार्यक्रमलाई सहि ढंगले कार्यान्वयन गर्न सके प्रदेशलाई जैविक विषादीयुक्त र अर्गानिक उत्पादनको केन्द्र वनाउन सहजहुने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वोल्दै मन्त्री केसीले प्रदेश सरकारले अभियानका रुपमा संचालन गरेको अर्गानिक कार्यक्रमलाई संघिय सरकारले थप सहयोग गर्न आग्रह गर्नुभयो ।

संघिय सरकारले संचालनगर्ने कार्यक्रमले कर्णाली लाई थप अवसर सिर्जना गरेको भन्दै आगामी अर्गानिक कार्यक्रमहरु कर्णाली प्रदेश वाट शुरु गर्न समेत आग्रह गर्नुभयो । अब हाम्रो सबैको टार्गेट विषादीमुक्त र अर्गानिक युक्त प्रदेश निर्माण गर्नु नै भएको भनाई छ ।
कर्णालीमा १ प्रतिशत रासायनिक मलको  खपत
कर्णाली प्रदेशमा रासायनिक मलको १ प्रतिशत खपत भएको देखिएको छ । अरु प्रदेशको तुलनामा कर्णाली प्रदेश सबै भन्दा कम रासायनिक मल प्रयोग गर्ने प्रदेशको रुपमा देखिएको मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिनुभयो ।

सन २०१७÷०१८ मा नेपालमा कुल ३ लाख ६४ हजार २० मेट्रिकटन रासायनिक मल खपत भएकोमा कर्णालीमा त्यसको १ प्रतिशत मात्रै रासायनिक मल खपत भएको सचिव भारीले वताउनुभयो । कार्यक्रममा सचिव भारीले कर्णाली प्रदेशमा जम्मा ३९०१ मेट्रिकटन मात्रै रासायनिक मल खपत भएको जानकारी दिनुभयो ।
सचिव भारीका अनुसार सुर्खेतले सबैभन्दा धेरै १८४९ मे.ट., सल्यानले ११७०, दैलेखले ४५९, रुकुमले २१३, जाजरकोटले १७७ र कालिकोटले ३१ मेट्रिकटन मल खपत गरेको छ । हिमाली जिल्लाहरु मुगु, हुम्ला र डोल्पाले मल खपत भएको छैन भने जुम्लाले २ मे.ट. मात्रै मलखपत गरेको छ ।
मन्त्रालयका योजना महाशाखा प्रमुख तथा प्रवक्ता हरिप्रसाद पण्डितले प्रदेश सरकारसंग अर्गानिक प्रदेशका आधार तयार गरेर अर्गानिक उत्पादन गर्नका लागी चालु आर्थिक वर्षमा २२ करोड ३७लाख रुपैंया (सशर्त अनुदान सहित) विनियोजन गरिएको प्रवक्ता पण्डितले वताउनुभयो । यसका लागि संघीय सरकारले प्रदेशलाई सशर्त अनुदान वापत १३ करोड दिएको पण्डितले जानकारी दिनुभयो । ,संघीय सरकार र प्रदेश सरकार हामी सँगसंगै अगाडी वढेर अर्गानिक कार्यक्रम संचालन गर्छौ उहाँले भन्नुभयो ।
कृषि विभागका उपमहानिर्देशक जानुका पण्डितले कार्यविधिमा ८५ प्रतिशत उत्पादन सामाग्री सहयोग तथा प्रविधिमा, रैथाने बालीलाई प्याकेजिङ्गमा अनुदान दिने लगायतका कुराहरु समेटिएको जानकारी दिनुभयो ।

प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६     4:24:22 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *