गुमनाम योद्धा



दिपेन्द्र शर्मा
पञ्चायत कालमा कम्यूनिष्टको प्रचार मुमिगत रुपमा चल्ने गर्दथ्यो । रुकुम पश्चिमको चौरजहारीवाट युदु गौतमहरु लुक्न छिप्न जाजरकोटको जगतिपुर तिर आउने गर्दथ्ये । जाजरकोटमा पनि जनमुक्ति समाजको माध्यमवाट छिटफुट घटना चलिरहकै हुन्थ्ये । जाजरकोट खलंगाका कैलाससिह खत्री नेतृत्वमा सानो कम्युनिष्ट पार्टी (चौथो महाधिबेशन) पछि मसालको रुप परिचालित थियो । जगतिपुर तीर नन्दाराम आचार्य,मायाप्रसाद शर्मा,इन्द्रलाल आचार्य,हरिप्रसाद शर्मा,भरत शर्मा,धुर्वप्रसाद शर्मा,टिकाराम रावत,रबिदाश आचार्यहरु संगठित थिए । त्यसको प्रभाव अन्य युवाहरु पर्दै जान थाल्यो र प्रभाव विस्तार भैरहेकै थियो ।
२०४६को परिवर्तन पछि त्यो प्रभाव तिव्रगतिमा अगाडि बढ्यो । यसैको प्रभावका कारण जाजरकोटमा संगठनको विस्तारका काम हुदै जान थालेका थिए । यसै क्रममा एक कुशल कमाण्डर सफल योद्धा युवराज आचार्य उर्फ साकार पनि यो अभियानमा सहभागी मध्यका संगठक थिए तर अहिले उनि कहा छन , कुन जिम्मेवारीमा छन धेरैलाई थाहा छैन । युद्धको वेलामा लडाईको अग्रमोर्चामा देखिने साकार अहिले किन गमनाम छन । पार्टी तथा सैन्य मोर्चाको नेतृत्व गर्ने साकारको जतिवेला तत्कालीन जनयुद्धको समयमा जसरी खोजी हुन्थ्यो र जिम्मेवारी दिइन्थ्यो अहिले उनि कता छन युद्धको कमाण्डरको अवस्था कस्तो छ कसरी जिवन चलाईरहेका छन ।
हिजो परिवर्तनको लागी आफनो ज्यानको वाजी राखेर सयौ मोर्चाको नेतृत्व लिने साकार जस्ता कमाण्डर अहिले कहाँ र के गर्दैछन नेतृत्वको खोजीको विषय हुनुपर्ने हो । उनिसंगैका समकक्षी कमरेडहरु कहाँ पुगिसके हिजो लडाईको मोर्चाको नेतृत्व गरेका सयौ साकार त्यो नेतृत्वको दिमाग र नजरमा घुम्नुपर्ने हो । विडम्वना आफु जिम्म्ेवारीमा जादा परिवर्तनको लागी लडाईको नेतृत्व गरेर यो देशको संघियतामा योगदान गरेका योद्धालाई विर्सेर नयाँ नयाँ योद्धाको खोजी र अवसरवादी वन्नु विडम्वना वनेको छ । विगत विर्सेर राजनिति गर्नेले साकार जस्ता कमाण्डर तथा इमान्दार कार्यकर्ताको भुमिका र योगदानको कदर कहिले गर्लान अनि विगत सम्झेर परिवर्तनको जग सम्झलान अहिलेको चासोको विषय वनेको छ ।
२०४७ सालमा अनेरास्वबियूको चौथो जिल्ला सम्मेलन भेरी नगरपालिका १ (साविक खलंगा गाविस) पिपेमा सम्पन भएको थियो । नेकपाका स्थायी समितिका सदस्य, नेपाल सरकारका वन तथा वातावरणमन्त्री शक्ति वस्नेतको नेतृत्वमा गठित जिल्ला समितिमा कुशल कमाण्डर युवराज आचार्य साकार पनि थपिए । अनेरास्ववियुको सदस्य भएका आचार्य २०४७ सालकै मंसिरमा नेकपा (मशाल)को सदस्यता प्राप्त गरेर राजनितिक परिपक्कतामा प्रवेश गरेका थिए । ग्रामिण वर्गसंर्घष ,महान जनयुद्ध र शान्ति प्रकृया शहरिया संगठन निर्माणको क्रममा काठमाण्डौ भ्याली केन्द्रीत थअ िको नेतृत्व गरेर संगठन संर्घष र निर्वाचनमा महत्वपुर्ण भुमिका खेलेका थिए ।
२०४९ सालमा गठित सुरक्षा दलका सदस्यबाट फौजी संगठनको बिभिन्न तहको नेतृत्व गरेका कमरेड साकार विग्रेड कमिस्नार समेतको जिम्मेवारी समालेरै आएका साकार ग्रामीण वर्गसंघर्षको क्रममा भए गरेका प्रायजसो सबै कामहरुमा अनुपस्थित नभएको इतिहास नहोला ।

घरमै हुदा पक्राउ पुर्जी
ग्रामिण वर्गसंर्घषमा अग्रनी भुमिका निर्वाह गरेका युवराज २०५१ साउन ९ गते रुकुमपश्चिमको पुर्तिमकाडामा आक्रमण भएछ उनी घरमै थिए तर उनीलाई गिरप्तार गर्न १३ गते प्रहरीहरु उनको घरमा आइपुगे । “पुर्तिमकाडामा आक्रमण भएछ, म त्यो दिन घरमै थिए ,एकासी पुलिसहरु घरको आगनमा आइपुगे , म भन्दा अगाडिको दाईको नाममा मुद्दा होला जस्तो हल्ला थियो गाँउमा पुलिसत मलाई पक्राउ गर्नपो आएछ ” उनले भने । एकजना प्रहरी कमाण्डरले माईलदाई ईन्द्रलालसंग लिस्ट देखाएछ ठुल्दाई मायाप्रसाद शर्मा र मेरो नाममा डाँकाचोरी र ज्यानमार्ने उध्योग मुद्धा रहेछ, माइलदाइले ( शहिद जो अहिले हामी विच हुनुहुन्न ) मलाई भाग्न इसारा गर्नु भयो, मकैबारीवाट हिडदै थिए पुलिस त मलाई समात्न आइहाल्यो , मेरो हातमा भएको आसी देखाएपछि अलि पछी हटे म भागिहाले अनि मलाई पक्राउ गर्न सकेन उनि त्यो दिन सम्झन्छन ।

रुकुम पश्चिमको पुर्तिमकाडामा आक्रमणले साकारलाई भुमिगत राजनितीमा लगायो । भुमिगत भएपछि साकार सुरक्षादल, लडाकुदल सदस्य भएर जिल्ला व्यापीरुपमा संर्घषका काममा सहभागी भए । २०५३ सालमा जाजरकोटको पोखरामा भएको पार्टीको जिल्ला स्तरिय बैठकले ५ वटा स्क्वाड बनाउने निर्णय गरयो । प्रेम रोका (जित) पछिसहिद, लालबहादुर राना ( बिनोद) पछिसहिद, कृष्णराज बि.क.(पुनीत), गोपाल जैसी (मुतिm), लक्ष्मण खड्का (अग्नी)पछिसहिद, र युवराज आचार्य (साकार) को कमाण्ड भएका स्क्वाडहरु वने र त्यस्को होल कमाण्डरको जिम्म्ेवारी साकारले गर्ने पार्टीले निर्णय गरयो । केही महिना पछि हरिबहादुर ध्यार (राजेन्द्र) पछिसहिदको नेतृत्वमा स्क्वाड बन्यो । साकार भन्छन ६ वटा स्क्वाड भए २०५४ तिर हुनुपर्छ, जिल्लामा एउटा प्लाटुन बन्यो , म फेरी संगठनमा लागे साकारले भने । २०५५को भाद्र देखि जिल्ला समितिको सदस्य भई २०५९ सालमा केन्द्रीय समितिको बैठकबाट सैन्यब्युरो सदस्य तथा ०६० देखि गण्डक अभियानमा कम्पनी कमिसार भएर काम गरेको उनी वताउछन ।

बटालियन हुदै २०६२ मा बिग्रेड कमिस्नार भएर त्यहाँका राजनैतिक,संगठनिक र फौजी अभियानहरुमा सहभागी हुने गरेको साकार सम्झीन्छन । माओवादी जनयुद्धको पछिल्लो चर्चित र निर्णायक लडाइ कालीकोटको पिली जसको नामवाट पिलि स्मृती बिग्रेड नामाकरण गरेर एक बिग्रेडको निमार्ण गरियो साकारले त्यहि ऐतिहासिक बिग्रेडको नेतृत्व गर्ने अवसर प्राप्त गरे । त्यसपछि २०६३ असोज महिनामा केही समय हुम्ला जिल्ला इन्चार्ज भएर काम गरे ।
पार्टीले ऐतिहासिक जनआन्दोलन पछि सुर्खेतमा रहेको क्यान्टुन्मेन्ट छोडेर युवा संगठनको काममा खटायो । ycl केन्दी्रय समितिको सचिवालय सदस्य हुदै शान्ति प्रकृया पछि २०६४ मा नेवाराज्य समितिमा काम गरे । वाईसिएलको नेवाराज्य समितिको संहसंयोजक,युवा संगठनको केन्द्रिय उपाध्यक्ष भई कामगरे । सगठन सर्घष र २०६४ सालमा भएको संबिधान सभाको निर्वाचनमा महत्वपुर्ण भुमिकामा रहेका थिए ।


जनबादी विवाह गरे युद्धमा
साकारको २०५५साल फाल्गुन महिना भेनपा २ डिगा घर भएकी तत्कालिन लडाकुदल स्क्वाड सहकमाण्डर मोतिका पुन(प्रतिमा पुन आचार्य)संग विवाह भयो । अहिले साकार र प्रतिभाका २ छोरा सजक र सजिव छन । अन्तरविरोधमा कलात्मक भन्दा खरो वोल्ने युवराज २०७९ सालमा ए.ने.क.पा(माओवादी) विभाजन हुदा मोहन वैद्यले नेतृत्व गरेको ने.क.पा–माओवादी तीर लागे । २०७२ सालमा रामवहादुर थापा वादलकोे नेतृत्वमा ने.क.पा(माओवादी केन्द्र) निर्माण गरी पार्टीको पोलिटव्युरो सदस्य वनेका थिए । २०७५ साल जेठ ३ गते नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले)पाटी बीच एकता भई नेकपा वनेदेखि उनी कर्णाली प्रदेश सदस्य भए पनि खासै जिम्मेवारी दिईएको छैन ।
सबै परिवार युद्धमा, एक दर्जन शहिद
परिवारका सबै सदस्य नेपाली जनयुद्धमा सहभागी भएका थिए । महिलादाजु इन्द्रलाल,बहिनी ममिता र जुवाई बुद्धिप्रसाद चपाई लगाएत काका,ठुलाबाबाका छोराछोरी,नाति,नतिनी गरेर १ दर्जन आफन्तहरुले नेपाली जनयुद्धमा जीवन बलिदान गरी शहिद भएकाछन । मध्याम किसान परिवारमा जन्मेका युवराजका परिवारका सदस्यहरु एक कुशल संगठक,पारदर्शी जीवन शैलीका रुपमा चिनिन्छन ।
आजभोली आफनो निजिश्रम र पुजीमा सञ्चालन गरेको सजिव बाख्रा फाम संञ्चालन गरेर र बाख्रा पालेर आफै गाउंमा जगतीरपुर वसेकाछन । हाल सम्म उनि न कुनै उपभोतmा समितिमा वसे न कुनै गुप्त धन्दामा । यिनले गर्ने र देखाउने बीचको उदारणीय जीवन व्यतित गरेकाछन ।


ढाड र खुट्टामा गोलीका छर्राहरु
२०५८ र २०६२ सालमा भएको पिली कारवाही पछि दैलेखको देउरनलीमा भएको भिडन्तमा घाईते भएका साकारका ढाड र खुट्टामा गोलीका छर्राहरु आज सम्म शरिरमा नचिरहेकाछन । आफनो शरिरमा भएको गोलीका छर्रा समेत निकाल्न पाएका छैनन । उनले नत घाइते भएको परिचयपत्र बनाए नत द्धन्दपिडीतको नाममा राहतको फारम भरे । उनि भन्छन राहतको अर्कोबाट पिडीत भएकाले हो हामी त स्वविवेकले योजनाबद्ध तरीकाले राजतन्त्रात्मक राज्यसत्तालाई समुलनष्ट गरेर जनताको जनवादी व्यवस्था ल्याउनका लागि जनयुद्ध गरेका हौं । सिमीत उपलव्धी भएपनि जनताको सत्ता अझैसम्म नआएको भन्दै प्राप्तीको लागी नेकपा र सबै योद्धाहरु अभियानमा लाग्नुपर्ने उनको धारण छ । पार्टीले लिएको सबै लक्ष्य प्राप्तीमा लाग्नु अहिलेको प्रमुख आवश्यकता भएकोले निजि मामिला भन्दा माथी उठेर देश र जनताको पक्ष्यमा लाग्नुको विकल्प नरहेको साकारको वुझाइ छ । अहिले जुन जिम्मेवारी र जहाँ भएपनि पार्टी जनताको लागी लाग्ने दृढता व्यक्त गर्दछन । म श्रममा विश्वाश राख्छु र श्रमजीवी बर्गमा भरपर्छु ।
एकाथरी मान्छेहरु देशको व्यवस्था र मान्छेको अवस्थामा व्यापक परिवर्तन भएको हल्ला गर्दै दौडी रहेकोछन मलाई त्यस्तो लाग्दैन व्यवस्था र अवस्था थोरै परिवर्तन भएकोछ उनि भन्छन ।
साकार भन्छन राजनौतिक कभर भित्रबाट भिन्न धन्दा(ठेकदारी, अनियमितता, भ्रष्टाचारी, तस्करी) गर्नेहरुको अवस्था वदलिएको देखिएकाले समग्र व्यवस्था वदलिएको देखिन्छ होला । जनयुद्ध संचालकहरु मध्यको जाजरकोटमा म पनि एउटा सिपाई हु । कयौ सहिद हुनुभयो, कतिपय पलायन भए अहिले ३०÷३५ जना जति हामी हुला जस्तो लाग्छ थोरै कमरेडहरु परिवर्तन भएको देखिन्छ ।
हामी जनयुद्धमा लागेका सबैको परिवारिक, राजनैतिक, समाजीक, आर्थिक अवस्था अध्ययन गरेर लागेका थियौं । एकपटक हामी छातिमा हात राखेर सहिद हरुलाई सम्झौ, तिनी खाना नाना र छानाको जोहो गर्ने जनतालाई साची राखौं को कति ओभानो छौ भन्ने कुरा पत्ता लाग्छ उनि भन्छन । मलाई अहिले पनि दुख लाग्दछ । हामीले राज्यसत्ताका बिरुद्ध बिद्रोह गरेको चाकरी, चाप्लुसी, दलाली, भ्रष्टाचारी र पक्षपातको पक्षमा वा विरुद्धमा हो । आज आङ्खनो वरीपरी घुमेर चाकरी गरयो, फेसवुकमा फुलबुट्टा भरेर लेखिदियो भने त्यो काम गरेको, क्रियाशिल भएको गनिने परिपाटीको बिकाश भएकोछ । अनियमितता गरेर भए पनि रकम जुटाइ दियो भने त्यसैलाई सक्रिय भएको बुझने गरेकोछ साकारको वुझाइ छ । उनका अनुसार अरु सब निश्प्राण हुन भन्ने व्याख्या गरेको सुनिन्छ । जसका बिरुद्ध जिवन मरणको लडाइ लडियो त्यही गर्ने त मरे पनि सकिदैन ।
जति सक्यो त्यती गर्नुपर्छ
म पार्टीमा लाग्दा १९.बर्षको र २३ बर्षको हुदा भुमिगत भएकोथिए । आज ४८ बर्ष पुरा गरेर ४९ बर्ष तिर लागे । एक पटक जनताको पक्षमा फेरी लड्न मन छ लड्न त सजिलो छैन । हिजो पराईसंग मात्र लडाई थियो आज पराई र आफना नछुट्टिने गरी घालमेल भएकाछन । फुकिफुकी लडनुछ । उही तरिका र उही सिपले पनि लड्न सकिदैन भिन्न ढङगले हुने र रुने छुट्ट्याउनु पर्ने देखिन्छ । मलाई दुख्ख मनाउछैन जस्ले जति सक्यो त्यती गर्ने हो मलाई यसैमा गर्व छ । मलाई न त घृणामा बाच्नु परेकोछ , न त तिरश्कारमा बाच्नु परेको छ ,म स्वाभिमानमा बाच्न चाहान्छु ,विवेक र पाखुरीमा जिउन चाहान्छु साकारले भने । फोहरको ढुङगुर भित्र मुख राखेर प्रचारमा आउन कुनै लालसा छैन उनिमा ।

प्रकाशित मितिः सोमवार, बैशाख १५, २०७७     6:49:43 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *