कर्णालीका कृषि सचिवद्धारा पदभारग्रहण


सुर्खेत २४, बैशाख /कर्णाली प्रदेशका भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आज पदभार ग्रहण गर्नुभएको छ । कर्णालीमा प्रदेशको त्यस्रो सचिवको रुपमा शर्माले आज मन्त्रालयमा हाजीर भएर आफनो पदभारग्रहण गर्नुभएको हो ।


पदभार ग्रहण पछि सचिव शर्माले मन्त्री तथा मन्त्रालय र मातहतका कर्मचारीहरु संग परिचय तथा मन्त्रालयको वारेमा अन्तरक्रिया गनुभएको प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिनुभयो । मन्त्रीको उपस्थितीमा मन्त्रालयले हालसम्म सचालन गरेका तथा आगामी आवमा संचालनका लागी प्रस्तावित योजना तथा कार्यक्रमका वारेमा सचिवलाई जानकारी गराएको उहाँले वताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले मन्त्रालयले लिएका महत्वपुर्ण योजना तथा कार्यक्रमहरुको सफल कार्यान्वयनका लागी लाग्न कर्मचारीलाई निर्देशन दिनुभएको पण्डितले वताउनुभयो । कोरोना भाइरस ( कोभिड १९ ) का कारण कर्णालीको कृषि र कृषकहरुमा परेको असरको वारेमा सरकार चिन्तीत रहेको भन्दै यसको लागी मन्त्रालयले नयाँ कार्यक्रम ल्याउने गरि गृहकार्य गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।
विधि र पद्धतीवाट कर्णाली चलाउने प्रयास भएको भन्दै मन्त्री केसीले भनसुन भन्दा विधि र प्रक्रियावाट संचालन गर्ने कार्यको नेतृत्व गर्न सचिव शर्मालाई निर्देशन दिनुभएको प्रवक्ता पण्डितले वताउनुभयो ।
सचिव शर्माले मन्त्रालय संचालनमा सवैको सहयोगको आवश्यक हुने भन्दै सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । मन्त्री ज्युको निर्देशन र कर्मचारीको सहयोगले मन्त्रालय संचालन गर्ने सचिव शर्माले वताउनुभयो । जनताको सेवकको रुपमा सेवा प्रवेश गरेको भन्दै कर्मचारीहरुलाई पदिय अनुसासनमा रहेर मन्त्रालय तथा कार्यालयकोे काममा लाग्न समेत कर्मचारीलाई निर्देशन दिनुभयो ।
सचिव शर्माले मन्त्रालयमा पदभारग्रहण गरेपछिको पहिलो कामको रुपमा आव २०७७।०७८ को निति तथा कार्यक्रमको प्रस्तावको टिप्पणीमा हस्ताक्षर गरेर मन्त्री समक्ष पेश गर्नुभएको थियो ।
स्वागत कार्यक्रममा कृषि विकास निर्देशक चित्रवहादुर रोकाया,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाइ सुर्खेतका प्रमुख विजय गिरी, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डाक्टर कृष्णराज पाण्डे, पशुपन्छि विकास निर्देशनालयका निमित्त निर्देशक खड्क सिजाली, मन्त्रालय मातहतका कार्यालय प्रमुखहरु, तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।
मन्त्रालयले चालु आवमा संचालन भएका योजना तथा कार्यक्रम र आगामी आवमा संचालन गर्नका लागी प्रस्तावित कार्यक्रमको वारेमा उपसचिव हरिप्रसाद पण्डित र कृषि प्रसार अधिकृत धनवहादुर कठायतले प्रस्तुतीकरण गर्नुभएको थियो । स्वागत कार्यक्रममा निर्देशक चित्रवहादुर रोकायाले स्वागत मन्तब्य तथा पशुचिकित्सक दिपककुमार भण्डारीले संचालन गर्नुभएको थियो ।
२५ वर्ष देखि निजामती सेवामा क्रियाशिल रहेका शर्मा यस अघि २ नम्बर प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको ८ महिना सम्म सचिवको जिम्मेवारी समाल्नु भएको थियो ।

प्रकाशित मितिः बुधबार, बैशाख २४, २०७७     11:00:52 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *