कर्णालीमा मानव अधिकार सहायता कक्ष स्थापना

सुर्खेत २४ भाद्र / कर्णालीमा मानव अधिकार सहायता कक्ष स्थापना स्थापना गरिएको छ । जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घघनका पीडितलाई सहयोग गर्ने उद्देश्यले कर्णालीमा मानव अधिकार सहायता कक्ष स्थापना गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा उक्त सहायता कक्ष स्थापना गरिएको हो ।
सहायत कक्ष सञ्चालनका लागि विभिन्न क्षेत्रका प्रतिनिधि समलित सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा गैससकर्मी टिकाराम आचार्य, अधिकारकर्मी मधुरानी ढकाल, खगिसरा ओली, पत्रकार महाँसघका दिपेन्द्र शर्मा, नेपाल वारका उत्तम आचार्य, राष्ट्रिय अपाङ्ग महाँसघका विष्णुप्रसाद शर्मा र इन्सेक प्रतिनिधि टीका विष्ट सदस्य रहनुभएको छ । सहायता कक्षबाट जोखिममा परेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घघनका पीडितलाइ कानुनीसँगै आर्थिक सहायता पाउने छन । अरुको अधिकारका लागि लड्ने मानव अधिकार रक्षकहरु विभिन्न किसिमका जोखिममा पर्दै आएका छन ।
मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घघनका पीडित भएर जोखिममा परेकाले उनीहरूको सहयोगका लागि सहायता कक्ष स्थापना गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । अरुको अधिकारका लागि लड्दा लड्दै मानव अधिकार रक्षक आफैँ जोखिममा परिरहेका देखिन्छन त्यस्ता रक्षकहरूलाई थोरै भए पनि सहायता कक्षले सहयोग गर्ने सुवेदीले वताउनुभयो । मानव अधिकार सहायता कक्ष सञ्चालक समितिले जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घघनका पीडितलाइ हरूको खोजी गर्ने इन्सेक कर्णाली प्रदेश जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ २५, २०७७     4:26:08 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *