आफनै लेखा इकाई स्थापना गर्दै कर्णाली सरकार


दिपेन्द्र शर्मा
सुर्खेत २५ भाद्र /कर्णाली प्रदेश सरकारले आफना मातहतका कार्यालयहरुको सहजताका लागी प्रत्येक जिल्लामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरेको छ ।
कर्णाली प्रदेश सरकारले प्रदेश लेखा नियन्त्रक कार्यालय अन्तरगत कर्णाली प्रदेशका सुर्खेत वाहेक नौ जिल्लामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरिएको हो ।
प्रदेशका कार्यालयहरु स्थापना नहुदा मलेनिकाले कर्णाली प्रदेशका जिल्ला स्थीत कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत लेखाको काममा सहजीकरण गरिरहेको थियो । प्रदेश मातहतका कार्यालयहरुको लेखा प्रणाली ब्यवस्थीत वनाउन तथा सहजीकरण गर्न आफनै कार्यालय स्थापना गरिएको कर्णाली प्रदेशका प्रदेश लेखा नियन्त्रक मानवहादुर वमले जानकारी दिनुभयो । सुखेत जिल्लामा प्रदेशवाट हेर्ने गरि वाँकी नौ जिल्लामा प्रदेशको छुट्टै कार्यालय स्थापना गरिएको नियन्त्रक वमले जानकारी दिनुभयो ।
वित्तिय अनुसासन कायम गर्न तथा प्रदेशको वजेटलाई लक्षित समुदाय सम्म पुरयाउन सहज होस भनेर कार्यालय स्थापना गरिएको हो । नियन्त्रक वमले इकाइ कार्यालय स्थापनाले प्रदेशको अनुदानको खर्चको लेखाजोखा तथा रिपोर्टिङ्ग गर्न आफनो अनुदान कहाँ कति खर्च भएकोछ यथार्थ जानकारी आउने विश्वास ब्यक्त गर्नुभयो । कर्णाली प्रदेशका प्रत्येक जिल्लामा लेखा अधिकृत ७÷८ औ तहको प्रमुख रहने गरि एक जना, ५÷६ औ तहका दुइ जना र एक जना कार्यालय सहयोगी रहने छन ।
कर्मचारीको अभावको कारण जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्ला जिल्लामा कार्यालय प्रमुखमा लेखा अधिकृत ७÷८ औ तथा हुम्ला, मुगु, डोल्पा र कालिकोटमा भने कार्यालय प्रमुखमा अधिकृत ५÷६ औ दरवन्दी भएका छैटौै तहका कर्मचारीलाई प्रमुखको जिम्मेवारी तोकिएको तथा सुर्खेत जिल्लामा भने प्रदेश कार्यालयले नै हेर्ने नियन्त्रक वमले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष देखि प्रदेश मातहतका कार्यालयहरुको आन्तरिक लेखापरिक्षण प्रदेश आफैले गर्नेछ ।

कर्णालीमा आउन उत्साहित
प्रदेश लेखा इकाईको जिल्ला जिल्लामा कार्यालय स्थापना हुन थालेपछि समायोजन भएर कर्णाली आउन लेखाको कर्मचारीहरु उत्साहित भएको वमले वताउनुभयो । उहाँका अनुसार हालै मात्र लेखा समुहका २२ जना कर्मचारीहरुले कर्णाली प्रदेशमा आउन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट सहमति लिएका छन ।
कर्णाली प्रदेशमा लेखा समुहको विभिन्न तहका ३९ जना कर्मचारी अपुग रहेका छन । लेखा समुहका ९÷१० औ तहका एक जना, ७÷८ औ तहका १३ जना, ५÷६ औ तहका २२ जना र ४÷५ औ तहका ३ जना कर्मचारी अपुग भएको प्रमुख वमले जानकारी दिनुभयो । हाल लाई मौज्दात जनशक्तिवाट नै काम संचालन गर्ने गरि सवै जिल्लामा खटाइएको छ । अव संघवाट समायोजन भएर आएपछि सहज हुने उहाँको भनाइ छ ।

प्रकाशित मितिः बिहिबार, भदौ २५, २०७७     4:47:11 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *