कर्णालीमा थपिए ६ संक्रमित


सुर्खेत २५,भदौ/ कर्णाली प्रदेशमा कोरोना भाइरसका ६ जना संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयद्धारा विहिवार सार्वजनिक गरिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ जना गरेर अहिले सम्मको संक्रमितको संख्या २ हजार ७ सय २५ पुगेको छ ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थपिने संक्रमितहरू सुर्खेतको गुर्भाकोट नगरपालिका र सिम्ता गाँउपालिकाका ४ जना र सल्यान वनगाडकुपिण्डे नगरपालिकाका २ जना रहेका छन ।
पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको संख्या १० जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशभर डिस्चार्ज हुने २ हजार ३ सय ६४ जना रहेका छन । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल सुर्खेतवाट २ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लावाट २ जना र हिमा आइसोलेशन सेन्टर जुम्लावाट ६ जना रहेका छन ।
प्रदेशभर सक्रिय संक्रमित ३ सय ५५ जना रहेका छन । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ २५, २०७७     10:36:51 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *