पदाधीकारीलाई कोरोना पुष्टि भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे सेवा वन्द

 

सुर्खेत २८,भदौ / मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले डिन कार्यालयका पदाधीकारीमा कोरोना संक्रमण देखिए पछि सबै सेवा ७ दिनका लागी वन्द गरेको छ ।
सोमबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगत डिनको कार्यालयका पदाधीकारलिाई १ जनामा कोरोना पुष्टि भएपछि तत्कालका लागी सवै सेवा वन्द गरिएको हो । विश्वविद्यालयको केन्द्रिय कार्यालय र डिनको कार्यालयवाट संचालन तथा सम्पादन गरिने सबै सेवा यहि भाद्र २९ गते देखि असोज ४ गते सम्मलाई सिल गरिएको विश्वविद्यालयका प्रसासन अधिकृत दिनेश गौतमले जानकारी दिनुभयो । निकायहरुमा कार्यरत पदाधीकारी,कर्मचारी,शिक्षकहरुले निकाय प्रमुखको नियमित सम्पर्कमा रहि विश्वविद्यालयको आवश्यक कार्य घरवाटै गर्न समेत आवश्यक निर्देशन जारी गरिएको गौतमले जानकारी दिनुभयो ।
थप १० जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा आइतवार थप १० जनामा कोरोना संक्रमण भएको छ ।
प्रदेश अस्पताल कालागाँउ सुर्खेत÷ पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत ७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला २ जना र चौहरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा १ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार सात सय ८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुर्खेतका ५ जना, दैलेख १ जना, सिराह १जना र रुकुमपश्चिमका १ जना रहेको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।
एक सय १० जनाले कोरोना जिते
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर एक सय १० जना डिस्चार्ज भएका छन ।
पछिल्लो २४ घण्टामा सुर्खेत, जाजरकोट, सल्यान र जुम्लाका आइसोलेशन सेन्टर १ सय १० जनाले कोरोना जितेर घर फर्केका हुन । यो सँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेहरुको कुल संख्या दुई हजार पाँच सय पाँच जना पुगेको छ । कर्णालीमा संक्रिय विरामीको संख्या दुइ सय ७५ जना रहेको कंडेलको जानकारी दिनुभयो ।

प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७     11:20:49 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *