कर्णालीमा थपिए ११४जना कोरोना संक्रमित




सुर्खेत १, असोज / कर्णालीमा प्रदेशमा विहिवार थप ११४ जनामा कोरोना संक्रमण भएको छ ।
प्रदेश अस्पताल कालागाँउ सुर्खेत÷ पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा एक सय ५ र दैलेख अस्पातल दैलेखमा ९ जनामा गरि गरिएको परीक्षणमा ११४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

यो सँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या तिन हजार २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुर्खेतका मात्रै ६४ जना रहेका छन । दैलेखका ९ जना, जाजरकोटका ६ जना, सल्यानका १ जना, हुम्ला १ जना, जुम्ला १ जना,रुकुम पश्चिम १ जना, कालिकोटका ४ जना, डोल्पा ३ जना, कैलाली ३ जना, वाँके ३ जना, वर्दिया २ जना, कञ्चनपुरका २ जना र अछामका २ जना रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य महाशाखा प्रमुख वृषवहादुर शाहीले जानकारी दिनुभयो ।

त्यस्तै पाल्पा , रोल्पा र सर्लाहीका १÷१ जना रहेको शाहीले जानकारी दिनुभयो । विहिवार संक्रमित हुनेमा धेरै जसो सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी, शिक्षक, बैंकका कर्मचारीहरु रहेका छन ।
२८ जनाले कोरोना जिते


कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर २८ जना डिस्चार्ज भएका छन ।
पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल सुर्खेतवाट ६ जना, दैलेख अस्पताल नारायण आइसोलेशन दैलेखवाट २ जना, चामुण्डा आइसोलेशन सेन्टर दैलेखवाट ४ जना, वीरेन्द्रनगर होमआइसोलेशन सुर्खेतवाट २ जना वीरेन्द्रनगर आइसोलेशन सुर्खेतवाट १२ जना, वीरेन्द्रनगर होटेल आइसोलेशन सुर्खेतवाट १ जना र दुल्लु अस्पताल दैलेखवाट १ जना रहेका छन ।
यो सँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेहरुको कुल संख्या दुई हजार छ सय ३३ जना पुगेको छ । मन्त्रालयका अनुसार कर्णालीमा संक्रिय विरामीको संख्या तिन सय ८९ जना रहेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मितिः बिहिबार, अशोज १, २०७७     2:26:46 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *