व्यवसायीक किसानलाई तरकारी खेतीको तालिम


बासुदेव शर्मा
जाजरकोट २५ असोज /कृषि विकास कार्यालय जाजरकोटले मैसमी तथा वेमैसमी तरकारी खेति सम्वन्धि तालिम संचालन गरेको छ । कृषि पेशालाई आधुनिक प्रविधि बनाउन कृषि बिकास कार्यालयले जाजरकोटका सात वटै पालिकाका तरकारी खेती संचालन गरेका अगुवा कृषकलाई जिल्ला स्तरिय तालिम संचालन गरेको छ ।
नेपालमा कृषि पेशा सवै भन्दा जेठो पेशाका रुपमा स्थापित भएकोले कृषि व्यवसायलाई आधुनिक प्रविधि मैत्री वनाउन किसानको आयआर्जन लगाएत जिवन स्तर परिवर्तन ल्याउने भएकोले अगुवा कृषक उत्कृष्ट छनौट गरि मैसमी तथा वेमैसमी तरकारी खेती सम्वन्धि तालिमको आयोजना गरेको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।
जाजरकोटमा करिव ८५ प्रतिशत नागरिक कृषि पेशामा आत्मनिर्भर भएकाले आधुनिक प्रविधि कृषि पेशालाई व्यवसायीक वनाएका नागरिकलाई आत्मनिर्भर गराउन भेरी नगरपालिका, छेडागाड नगरपालिका नलगाड नगरपालिका, शिवालय गाउँपालिका जुनीचाँदे गाउँपालिका र वारेकोट गाउँपालिकाका ७ जना महिला १८ जना पुरुष गरि जम्मा २५ जना सहभागी भएका छन् । विभिन्न किसिमका आधुनकि प्रविधि भित्रिएकोले जानकारी लिए कृषि पेशामा प्रयोग गर्न सहभागीहरुलाई कृषि विकास कार्यालय जाजरकोटका सुचना अधिकारी टोपेन्द्र नेपालीले वताउनु भयो ।
हाईटेक नर्सरी, विउ उत्पादन प्लाष्टीक घरमा तरकारी खेती संचालन गर्ने तरिका मैसमी तथा बेमैसमी खेति पद्धति रोग किरा पहिचान तथा व्यवस्थापन लगाएत किसानलाई चाहिने सिप ज्ञानको जानकरी गराउने जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्राविधिक सहायक लाल बहादुर भण्डारीले वताउनु भयो ।
आधुनिक प्रविधि खेतीले नागरिकको जिवन स्तरमा सुधार ल्याउने आर्थिक बृद्धीदर वढाउने तरकारीमा रोग किरा लागे किसान आफैले रोगकिरा व्यवस्थापन गर्न सक्ने विउ उत्पादन मैसमी तथा वेमैसमी तरकारी खेतीका लागी सहभागीहरुको सिप क्षमता दक्षता वढाउने ना प्रा स विरेन्द्र अधिकारीले वताउनु भयो ।
कृषि पेशामा संलग्न किसानको लागी कृषि विकास कार्यालय जाजरकोटको जतिवेला पनि खुल्ला रहेकोले आवश्यक सुचना निरन्तर प्रवाह गरेको सुचना अधिकारी टोपेन्द्र नेपालीले वताउनु भयो । कृषि पेशालाई आधुनिक व्यवसायीक प्रविधि अर्थपुर्ण बनाउन किसानको क्षमता विकास गरी आयआजर्नमा सुधार ल्याउन जाजरकोटका सात वटै पालिकाका अगुवा कृषकहरुलाई जिल्ला स्तरिय तालिमको आयोजना गरिएको हो ।
कृषि पेशामा संलग्न किसानहरुको लागी महत्वपुर्ण ज्ञान सिप आर्जन बृद्धी गरी व्यवहारी वनाउने व्यवसाय गर्दा तालिमका प्रशिक्षकले सहभागीलाई आग्रह गर्नु भयो । जिल्ला कृषि विकास कार्यालयको हलमा संचालन भएको मैसमी तथा वेमैसमी तरकारी खेती सम्वन्धि तालिम २७ गते सम्म संचालन हुने कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित मितिः आइतवार, अशोज २५, २०७७     2:33:59 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *