कर्णालीमा कुकुरलाई निशुल्क बन्ध्याकरण


दिपेन्द्र शर्मा
सुर्खेत १३ माघ /सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरहरुका लागी निशुल्क बन्ध्याकरण शिविर संचालन गरिएको छ ।
संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा निशुल्क बन्ध्याकरण रोग अन्वेषन तथा रेविज विरुद्ध खोप कार्यक्रम संचालन गरिएको हो ।
कर्णालीमा पहिलो पटक प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका भित्र रहेका सामुदायिक कुकुरहरुलाई पहिलो पटक बन्ध्याकरण शिविर संचालन गरिएको हो ।
सामुदायिक कुकुहरुका कारण राजमार्ग तथा अन्य सडकहरुमा दुर्घटना बढ्ने, रेविज रोग फैलिन सक्ने भएकोले बन्ध्याकरण सहित रेविज रोगको खोप पनि लगाइने भएको छ ।
सामुदायिक कुकुरका कारण विभिन्न समस्या हुने भएकोले सामुदायिक कुकुरको संख्या घटाउन शिविर संचालन गरिएको पशुपन्छि रोग अन्वेषन प्रयोगशाला सुर्खेतका प्रमुख डाक्टर कृष्णराज पाण्डेले वताउनुभयो । कुकुरको जनसंख्या वढ्न नदिन तथा उचित ब्यवस्थापनका लागी बन्ध्याकरण गर्न लागिएको प्रमुख डाक्टर पाण्डेको भनाई छ । कर्णाली प्रदेशमै पहिलो पटक विशेषज्ञ सेवा सहित शिविर संचालन गरिएको उहाँले वताउनुभयो । उहाँका अनुसार कर्णालीमा पहिलो पटक कुकुरलाई बन्ध्याकरण गर्न लागीएको हो ।
पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक कुकुरहरु लाई खोप संचालन गरिएको छ । शिविरका लागी ८ जना पशुचिकित्सक प्राविधिक जनशक्तिको ब्यवस्थापन गरिएका पशुपंन्छि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक मोहन गिरीले जानकारी दिनुभयो । यो अवधीमा तिन सय वढि कुकुरहरुलाई सेवा प्रवाह गरिने निर्देशक गिरीले वताउनुभयो । सोमवार तथा मंगलवार विहान सम्म करिव १ सय ५० वटा कुकरको बन्ध्याकरण गरिएको उहाले जानकारी दिनुभयो । वजारमा रहेका सामुदायिक कुकुरहरुलाई भेटनरी एम्बुलेन्स मार्फत पशुपंन्छि विकास निर्देशनालयमा ल्याएर निशुल्क बन्ध्याकरण गरेर छोडिने गरिएको गिरीले वताउनुभयो । घरपालुका कुकुर सम्बन्धीत घरधनी आफैले लिएर शिविर स्थलमा आए पनि निशुल्क बन्ध्याकरण गरिने उहाँको भनाई छ ।
भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, केन्द्रिय रिफरल पशु चिकित्सालय काठमाण्डौ, पशुपन्छि रोग अन्वेषन प्रयोगशाला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र पशुपन्छि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको सयुक्त आयोजनामा शिविर संचालन गरिएको हो । निशुल्क बन्ध्याकरण शिविर सोमवार देखि वुधवार सम्म संचालन हुने आयोजक कार्यालय पशुपन्छि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, माघ १३, २०७७     1:15:44 PM

Leave a Reply

Your email address will not be published.