शैक्षिक सहकार्यका लागि दुइ विश्वविद्यालय बीच सम्झौता


सुर्खेत १७,साउन / शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र बास्क कन्ट्री विश्वविद्यालय, स्पेन बीच सम्झौता भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय र बास्क कन्ट्री विश्वविद्यालय, बीच शैक्षिक सहकार्यका लागि २०२१ जुलाइ ७ मा दुइ पक्षीय सम्झौता भएको विश्वविद्यालयका उपप्राध्यापक तथा सुचना प्रविधी विज्ञ पन्चदेव भट्टले जानकारी दिनुभयो ।
मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट समकक्षी रेक्टर मारिया ईभा फेरेरिया गार्सियाद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौता पहिला भएपनि केही प्राविधिक कुरामा थप सहजीकरण भएपछि आइतवार सार्वजनिक गरिएको सुचना प्रविधी विज्ञ भट्टले जानकारी दिनुभयो । दुई विश्वविद्यालय बीच अनुभव तथा वैज्ञानिक ज्ञान आदान प्रदान गर्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको वृत्तिविकास मार्फत समाज सेवामा योगदान दिनु यस सम्झौताको उदेश्य रहने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ । त्यस्तै दुइ राष्ट्र बिच आपसमा सांस्कृतिक, वैज्ञानिक र शैक्षिक सम्बन्ध बलियो बनाउने, दुइटै विश्वविद्यालयका बिद्यार्थी तथा प्राध्यापकहरु आदान प्रदान गरी शैक्षिक सम्बन्ध स्थापित गरिने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौता कार्यान्वयनका लागि मध्यपश्चिम विश्वविद्यालय तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालय र बास्क कन्ट्री विश्वविद्यालयका तर्फ बाट अन्तरराष्ट्रिय सम्बन्ध भाइस(रेक्टरेट सम्पर्क व्यक्तिका रुपमा रहने विश्वविद्यालयका सुचना प्रविधी विज्ञ भट्टले जानकारी दिनुभयो । उहाँका आम प्रावधान, स्नातक विद्यार्थीहरु बारे व्यवस्था, स्नातकोत्तर विद्यार्थी र संकाय, सम्झौता कार्यान्वयन तथा अवधि, सम्झौतामा अनुसूची रहेका छन । सम्झौताको सुरुको अवधि चार वर्षको रहनेछ भने त्यसपछि पुन नवीकरण हुनेछ ।
शैक्षिक सत्र २०२२÷२०२३ देखि प्राध्यापक तथा विद्यार्थीहरु आदान(प्रदान हुनेछन । सम्झौता लागु भए पश्चात दुइ विश्वविद्यालय तथा देश बिच प्राध्यापक तथा विद्यार्थी आदान(प्रदान भई सुमधुर सम्बन्ध विस्तार हुने साथै प्राध्यापक, कर्मचारी तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिन सक्नेछन ।

प्रकाशित मितिः आइतवार, साउन १७, २०७८     7:03:05 AM

Leave a Reply

Your email address will not be published.