डाक्टर दम्पतीद्वारा निशुल्क विशेषज्ञ सेवा


सुर्खेत १७ साउन/ कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरपालिकाको लाटीकोईलीमा निशुल्क रुपमा डाक्टर दम्पतीले सेवा दिन थालेका छन ।
लाटिकोइली स्वास्थ्य चौकीमा सुर्खेतका विशेषज्ञ दम्पती डाक्टरले निशुल्क सेवा शुरु गरेका हुन । छात्रवृतिमा काठमाण्डाैकाे टिचिन्ग अस्पतालमा अध्ययन गरेका विषशेज्ञ जोडी डाक्टर शुभ श्रेष्ठ र डाक्टर कृतिका थापा श्रेष्ठले लाटीकोइलीको स्वास्थ्य चौकीमा  विरामीहरु लाई चेकजाँच शुरु गरेका छन । वजारमा आएर महंगो शुल्क तिरेर लिइने विषशेज्ञ सहितको स्वास्थ्य सेवा डाक्टर दम्पतीले गाँउमा दिन थालेका हुन ।
आफुले काम गर्ने अस्पतालको समय मिलाएर यो दम्पतीले हरेक वुधवार र शनिवार विषशेज्ञ सहितको स्वास्थ्य सेवा दिन लाटीकोइली आउनछन । आफुले सिकेको ज्ञान लाई थोरै भएपनि केहि अंश सामजिक सेवा लगाउने उद्देश्यले यो दम्पतीले शुल्क सहितको सेवालाई कम गरेर सामजिक सेवा वापत निशुल्क सेवा दिदै आएका छन ।
सुर्खेत वीरेन्द्रनगरको देउती अस्पतालमा कार्यरत हाडजोर्नी रोग बिशेषज्ञ डाक्टर शुभ श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतमा कार्यरत स्त्रिरोग बिशेषज्ञ डाक्टर कृतिका थापा श्रेष्ठ श्रीमान श्रीमती हुन ।
डाक्टर श्रेष्ठका वुवा पेशाले कानुन ब्यवसायी हुन । सानै देखि छोरालाई डाक्टर वनाएर गाँउको स्वास्थ्य सेवा समर्पित गराउने उनको ठुलो इच्क्षा थियो । जव श्रेष्ठले विषशेज्ञ डाक्टर भएर सुर्खेतमै आएर काम गर्न थाले अनि उनका वुवा ध्रुवकुमार श्रेष्ठले योजना वनाए सामान्य स्वास्थ्य सेवा लिनपनि वजार जानुपर्ने अवस्था अन्त्य गर्न छोरा र वुहारीलाइृ उनीहरुले सिकेको विषशेज्ञ सेवा कम्तीमा निश्चित वार वा गते वनाएर गाँउमै प्रदान गर्नुपर्छ । अनि हाडजोर्नी रोग बिशेषज्ञ डाक्टर शुभ श्रेष्ठ र स्त्रिरोग बिशेषज्ञ डाक्टर कृतिका थापा श्रेष्ठले लाटीकोइलीको स्वास्थ्य चौकिमा सेवा गर्ने निदो गरे ।
नमुना जोडिका रुपमा रहेको यो जोडिले अवका दिनमा वजार जानुपर्ने लाटीकोइलीवासी समस्या हल गर्न विषशेज्ञ सेवा दिनेछन । स्वास्थ्य सम्बन्धी सेवा लिन धेरै जसो नागरिकहरु वीरेन्द्रनगर वजारमा आएर महंगो शुल्क तिरेर उपचार गर्ने गरेका छन । गरिव तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको यो समस्या केहीहद सम्म हल गर्न निशुल्क विषशेज्ञ सेवा संचाललन गरिने डाक्टर शुभ श्रेष्ठ वताउनछन । आफु जन्मेको ठाँउ र वुवाको इच्छा अनुसार भएकोले सेवा गर्न थालिएको हाडजोर्नी रोग बिशेषज्ञ डाक्टर शुभ श्रेष्ठले वताए । लाटिकोइलीमा विषशेज्ञ सहितको स्वास्थ्य सेवा गरेवापत कुनै पनि सुविधा नलिने श्रेष्ठको भनाई छ ।
स्वास्थ्य चौकी लाटीकोइलीमा आफनो विशेषज्ञ सेवा निरन्तर निशुल्क रुपमा दिने श्रेष्ठले जानकारी दिए । लाटीकोइलीमा नै जन्मेका डा शुभ र उनकी धर्मपत्नी कृतिकाले त्यहाँ निशुल्क सेवा दिनेछन ।

प्रकाशित मितिः आइतवार, साउन १७, २०७८     12:26:39 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *