बालश्रम अन्त्यका लागी राज्य जिम्मेवार वन्नुपर्नेमा सरोकारवालाको जोड


दिपेन्द्र शर्मा
सुर्खेत ८ असोज/ कर्णालीमा बालश्रमको वर्तमान अवस्था सम्बन्धी सरोकारवाला विच अन्तरक्रिया आयोजना गरिएको छ । कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्टसंघ नेपालको सयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दिगो विकास लक्ष्य सप्ताह कार्यक्रम २०७८ अन्तरगत विहिवार सामजिक विकास मन्त्रालय र युनिसेफले सयुक्तरुपमा बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना तथा बालश्रममुक्त स्थानीयतह घोषणा कार्यविधि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न सरोकारवालाहरुको भर्चुवल तथा भौतिक रुपमा अन्तरक्रिया संचालन गरिएको थियो । प्रदेश स्तरिय अनतरक्रिया कार्यक्रममा सहभागीहरुले सबै मिलेर बालश्रम अन्त्य गर्नुपर्नेमा जोड दिएका छन ।
कार्यक्रम प्रस्तुत प्रस्तुतीकरणमा सुझाव ब्यक्त गर्दै किर्डाकका कार्यक्रम ब्यवस्थापक नविनकुमार शाहीले कर्णालीमा भएको बालश्रमको अन्त्य गर्न राज्य , निजि क्षेत्र समुदायले अग्रसता लिनुपर्ने विचार ब्यक्त गनुृभयो । त्यस्तै पत्रकार गनेशकञ्चन भारतीले नीतिमा भएको ब्यवस्थालाई कडाइको रुपमा लिएर बालश्रम गर्नेलाई कानुनी कारवाही र सरोकारवालाहरु मिलेर न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले सरोकारवालाहरुको सक्रियतामा कर्णालीका वालवालिकाको समस्या हल गर्न सकिने भन्दै बालश्रम अन्त्य गर्न सबैले जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा दिगो विकासमा कर्णाली प्रदेशको सामजिक क्षेत्रको समग्र अवस्थाको वारेमा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दिपेन्द्र रोकाया, बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५ –२०८५ सम्बन्धी तथा बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ सम्बन्धी प्रस्तुती श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव पुरुत्तोम अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित मितिः सोमवार, अशोज ११, २०७८     5:50:28 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *