जैविक विषाधी निमार्णको लागि कृषकलाई सामाग्री हस्तान्तरण

दिपेन्द्र शर्मा सुर्खेत २६ फागुन /वीरेन्द्रनगरका कृषकहरुलाई जैविक तथा वानस्पतिक विषाधी निमार्णको लागि आवश्यक सामाग्री सहयोग गरिएको छ । एकिकृत कृषि प्रयोगशाला सुर्खेतले वीरेन्द्रनगर १ सृजना टोल सुर्खेतको सृजना कृषि तथा पशुपालन कृषक समूहमा आवद्ध कृषकहरुलाई जैविक तथा वानस्पतिक विषाधी निमार्णको लागी आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो । कृषकलाई जैविक …

डाक्टर दिपेन्द्र रोकायाद्वारा लिखित ‘कर्णालीको मर्म’ माथी परिचर्चा

सुर्खेत २१ माघ/युद्ध पत्रकार डाक्टर दिपेन्द्र रोकायाद्वारा लिखित कर्णालीको मर्म पुस्तक माथीको परिचर्चा गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा रोकायाद्धारा लिखित कर्णालीको मर्म पुस्तकमाथी विचार विमर्श सहित परिचर्चा गरिएको हो । पुस्तकमाथी परिचर्चा गर्नका लागि परिचर्चा बक्ताको रुपमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दवहादुर सिंह, …

गैटाडका भेडामा देखिएको रोग महामारी नभएको पुष्टि

माघ १९ सुर्खेत / अछाम जिल्लाको कमल वजार नगरपालिका ६ गैटाडमा जुम्लाका किसानहरुले चरिचरणको लागि लिएका भेडामा देखिएको रोग महामारी नभएको पुष्टि भएको छ । गत माघ १४ गते भेडामा पखला लाग्ने पेट ढाडिने समस्या देखिएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भिमप्रकाश शर्मालाइ किसान नन्द बहादुर बमले …

प्रदेश अस्पतालमा स्पानल इन्जुरीको सफल अप्रेशन ः ५१ वटा स्पानल इन्जुरीको अप्रेशन

सुर्खेत ८ माघ / प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृतिको उपचार मानिने स्पानल इन्जुरी (मेरुदण्डको अप्रेशन) को सफल अप्रेशन गरिएको छ । अस्पतालमा हालसम्म ५१ वटा स्पानल इन्जुरीको सफल अप्रेशन गरेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । स्पानल इन्जुरीको अप्रेशन जटिल प्रकृतिको उपचार सेवा मध्येको भएपनी प्रदेश …

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र  गल्ली म्याप्सबीच सहकार्य

काठमाडौं, माघ ४/ स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि  पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र …

कर्णाली सरकारको उपलब्धी सन्तोषजनक

सुर्खेत २ माघ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सहितको मुख्यमुख्य उपलब्धीहरु सार्वजनिक गरेका छन । मुख्यमन्त्री भएको एक वर्षको अवसरमा मुख्यमन्त्रि शर्माले आफनो एक वर्षे कार्यकालको कार्यप्रगति सार्वजनिक गरेका हुन । मुख्यमन्त्री राजकुमार शर्माले सार्वजनिक गरेको उलब्धीलाई सन्तोषजनक मानेका छन । लोककल्याणकारी विज्ञापन …

सुरक्षीत यात्राका लागि ट्राफिक प्रहरीको भुमिका महत्वपुर्ण ः मन्त्रि जिसी

दिपेन्द्र शर्मा सुर्खेत २१ पुष / कर्णाली प्रदेश सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णवहादुर जिसीले नागरिकको सुरक्षीत यात्राका लागि ट्राफिक प्रहरीको भुमिका महत्वपुर्ण हुने वताउनुभएको छ । नियम विपरित जाने जोकोहीलाई पनि कानुन अनुसार कारवाही गरेर सुरक्षित र ब्यवस्थीत यात्रा गराउनु ट्राफिक प्रहरीको दायित्व भएको मन्त्री जिसीले वताउनुभयो …

मनिकापुरमा माटो परिक्षण शिविर सम्पन्न

दिपेन्द्र शर्मा मंसिर १९ सुर्खेत/सुर्खेतको मनिकापुरमा माटो परिक्षण शिविर सम्पन्न भएको छ । एकिकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेत र वीरेन्द्रनगर नगरपालिका कृषि विकास शाखाको संयुक्त आयोजना तथा मनिकापुर सहकारी सस्थाको समन्वयमा शिविर संचालन गरिएको हो । दशौ विश्व माटो दिवस २०२३ को सन्दर्भमा वीरेन्द्रनगर १० मनिकापुर सुर्खेतमा कृषकहरुले संकलन …

फेवातालमा फोटो पत्रकारिताको प्रयोगात्मक अभ्यास

 दिपेन्द्र शर्मा सुर्खेत १२ असार / पत्रकारिता र आमसञ्चार अध्ययनरत विद्यार्थीहरुलाइ पोखराको फेवातालको विचमा फोटो पत्रकारिता सम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको छ । मध्यपश्चिम विश्वविद्यालय, ग्राजुयट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्स अन्तरगत सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागको शैक्षिक भ्रमणका लागि पोखरा पुगेका पत्रकार विद्यार्थीहरुलाइ फोटो पत्रकारिता सम्बन्धी प्रयोगात्मक …