कर्णालीमा कुकुरलाई निशुल्क बन्ध्याकरण

दिपेन्द्र शर्मा सुर्खेत १३ माघ /सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरहरुका लागी निशुल्क बन्ध्याकरण शिविर संचालन गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा निशुल्क बन्ध्याकरण रोग अन्वेषन तथा रेविज विरुद्ध खोप कार्यक्रम संचालन गरिएको हो । कर्णालीमा पहिलो पटक प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका …

कर्णालीमा लगानी सम्मेलन आयोजना गरिने

    दिपेन्द्र शर्मा सुर्खेत २४ पौष /कर्णाली प्रदेशमा प्रदेश स्तरीय लगानी सम्मेलन गर्नका लागी कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ । विहीवार वीरेन्द्रनगरमा वसेको प्रदेश योजना आयोगको ७८ औ वैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । वि.स.२०७८ सालको बैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने …

कर्णालीमा योजना अनुगमनका लागी संयन्त्र गठन

सुर्खेत २२, पौष / कर्णाली प्रदेश योजना आयोगले कर्णाली प्रदेश सरकारले संचालन गरेका आयोजनाहरुको अनुगमनका गर्ने भएको छ । चालु आवमा कर्णाली प्रदेश सरकारद्धारा संचालीत आयोजना तथा कार्यक्रमहरुको प्रभावकारी अनुगमनका लागी संयन्त्र गठन गरेर अनुगमन गरिने भएको हो । प्रदेश सरकारले संचालन र कार्यान्वयन गरिरहेका विभिन्न आयोजना तथा कार्यक्रमहरुको प्रभावकारी …

वीरेन्द्रनगरको खानेपानी समस्या हल गर्न भेरीको पानी ल्याउने

दिपेन्द्र शर्मा सुर्खेत २९, मंसिर  /कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको समस्या भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने योजना अगाडी ल्याइएको छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने भएको हो । डेढ लाख जनसंख्या रहेको …

कर्णालीमा अपाङ्ग मैत्रि कानुन निमार्णमा जोड

दिपेन्द्र शर्मा सुर्खेत १७, मंसिर कर्णालीका अपाङ्गता भएका ब्यक्तिहरुले अपाङ्ग मैत्रि कानुन निमार्णमा जोड दिएका छन । वुधबार २९ औ अन्तर्राष्ट्रिय अपाङ्गगता दिवसको अवसरमा राष्ट्रिय अपाङ्गग महासंघ कर्णाली प्रदेशले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा सहभागी अपाङ्गता भएका व्यक्तिहरूले प्रदेशमा अपाङ्गमैत्रि कानुन निमार्ण हुनुपर्नेमा जोड दिएका हुन । …

डोल्पाको सुन्दरतामा भेरी कोरिडोर

डा. दीपेन्द्र रोकाया हामी २०७७ असोजको १४ गते सुर्खेतबाट डोल्पा उक्लेका थियौँ । त्यो विहान बर्दिया निकुञ्जमा पाटेबाघसँग जम्काभेट भयो । उ चुपचाप आफ्नो बाटो लाग्यो । साइत शुभ भयो । हुम्लाबाट आएको जहाज चढेर नेपालगञ्जबाट जुफाल पुग्यौ । जुफालले चिसो हावा उपलब्ध गरायो । हाम्रो गन्तव्य से–फोक्सुन्डो थियो । …

व्यवसायीक किसानलाई तरकारी खेतीको तालिम

बासुदेव शर्मा जाजरकोट २५ असोज /कृषि विकास कार्यालय जाजरकोटले मैसमी तथा वेमैसमी तरकारी खेति सम्वन्धि तालिम संचालन गरेको छ । कृषि पेशालाई आधुनिक प्रविधि बनाउन कृषि बिकास कार्यालयले जाजरकोटका सात वटै पालिकाका तरकारी खेती संचालन गरेका अगुवा कृषकलाई जिल्ला स्तरिय तालिम संचालन गरेको छ । नेपालमा कृषि पेशा सवै भन्दा …

जाजरकोट जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

बासुदेव शर्मा जाजरकोट २२ भाद्र /जाजरकोट जुनीचाँदे गाउँपालिका १ को औलभीरबाट जिप दुर्घटना हुदाँ वडा अध्यक्ष सहित ६ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ताको सव फेला परेको छ । योसगै मृतकको संख्या ७ पुगेको छ । जनप्रतिनिधि प्रमुख जिल्ला अधिकारी र डिएस्पी नआउदा सम्म सव नवुझने भन्दै मृतकका …

कर्णाली प्रदेशको दिगो विकास लक्ष्य तथ्याङ्क सार्वजनिक

सुर्खेत ९,असोज / कर्णाली प्रदेशको दिगो विकास लक्ष्यहरुको आधार तथ्याङ्क प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्रवहादुर शाही ,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेल र सयूंक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका आवासीय प्रतिनिधि आयसानी लाबेले सयूक्तरुपमा भर्चुवल कार्यक्रम मार्फत सार्वजनिक गर्नुभएको हो । भर्चुवल कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्रि …

कर्णालीमा चार अभियुक्त पक्राउ

सुर्खेत ९,असोज /कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तरगतका प्रहरी कार्यालयहरुले विभिन्न मुद्धाका चार जना अभियुक्तहरुलाई पक्राउ गरेका छन । अदालतको फैसला कार्यान्वयनका क्रममा सवारी ज्यानमुद्धा, कर्तब्य ज्यान र वहुविवाहका ४ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानले सवारी ज्यानमुद्धाका १ जना, जिल्ला प्रहरी कार्यालय दैलेखले वहुविवाह मुद्धाका …