
बासुदेव शर्मा
जाजरकोट
मंसिर २६ गते \ समुहमा बसेपछि महिलामा क्षमता विकास बढेको छ । शिवालय गाउँपालिका र छेडागाड नगरपालिका वडा नम्वर १ र २ का महिला पश्चिम जाजरकोट विकास समाजमा आवद्ध भएपछि आत्मनिर्भर बनेका छन् ।
आजको आबश्यकता दिगो विकासमा सामुहिक अग्रसरता भन्ने नाराका साथ नवौ साधारण सभा सम्पन्न गरिएको छ । नौ बर्ष अघि समाज कल्याण परिषद काठमाण्डौमा दर्ता गरि विधिवत रुपमा दर्ता गरि शिबालय गाउँपालिकाका सवै वडा, छेडागाड नगरपालिका १ र २ का गरिव,दलित, विपन्न, सिमान्तकृत महिलाको क्षमता विकास, सुशासन,सशक्तीकरण, दिगोपनामा आधारित जिविकोपार्जनमा सुधार ल्याउने उद्धेश्य स्थापना भएको छ । पश्चिम जाजरकोट विकास समाजले ६४ वटा समुह ९ वटा मुल समिति गठन गरिएको छ ।

पश्चिम जाजरकोट विकास समाजका अध्यक्ष संगिता पुनले महिलाको क्षमता विकास सुशासन, स्रोतको पहुँचमा बृद्धी गरि आर्थिक, सामाजिक रुपान्तरणमा स्वयम आफुबाट शुरु गर्न थालेका बताउनु भयो ।
उहाँका अनुसार आर्थिक बर्ष २०८१÷०८२ मा संस्थाले गरेका गतिविधि प्रस्तुत गर्नु भएको छ । एक बर्ष भित्र बचत परिचालन तथा व्यवस्थापन सम्वन्धि अन्तरक्रिया, सहकारी संञ्चालन, गाई बस्तुको भकारो सुधार निर्माण, तरकारीको विउ, लैङ्गिक समता सामाजिक समावेशीकरण सम्वन्धि काम गरेको बताउनु भयो ।
सरसफाई, घरबगैचा, जलवायु परिवर्तन, आयआर्जन, फलफुल खेती, टिमुर, ओखर खेती करेसाबारी, पोषण,स्वास्थ्य समस्या सशक्तीकरण बाटो मर्मत, सरसफाई, पश्चिम जाजरकोट बहुउद्धेश्यीय सहकारी संस्थामा नियामित रुपमा बचत गरि ऋण लगानी गर्ने, स्थानीय तह अन्तर्गत विभिन्न शाखा, दातृनिकायको सहकार्यमा काम गर्दै आएको छ । विपद प्रतिकार्य सम्वन्धि अभ्यास गरेपछि विपदको सामना गर्न सक्षम भएका छन् ।
समुहका एक सय ४१ सदस्यले जैविक विषादी निर्माण गरि तकारी खेतीमा प्रयोग गरेका छन् । विद्यलयमा पढाई सुधार गर्न समुहमा छलफल भेटघाट गर्ने गरेको १२ वटा समुहले विद्यालय दिवाखाजा लागी तरकारी फलफुल दिने गरेको छन् । बचतकोषबाट ३१८ जनाले बाख्रापालन,एक सय ९९ जनाले कुखुरा पालन, एक सय ६० जनाले भैसी पालन,एक सय १२ जनाले नगदेवाली खेती, १३ जना सदस्यले खाजा नास्ता पसल गरेका छन् ।
आर्थिक बर्ष ०८१÷०८२ मा संञ्चालन गरेका गतिविधि ०८२÷८३ का लागी अनुमानित कार्यव्रmम साधारण सभामा प्रस्तुत गरिएको छ । समुहमा आवद्ध भएपछि बोल्न सक्ने,दिदिबहिनी आपसमा मिलेर सामुहिक कामलाई प्राथमिकता दिने गरेका छन् ।
