कृषिमन्त्रीको पहिलो निर्णय ः कर्णालीको भू–उपयोग नीति निर्माण गरिने

सुर्खेत ११ भाद्र – कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा (कार्की) ले पदभार ग्रहणलगत्तै कर्णाली प्रदेशको आफ्नै भू–उपयोग नीति तर्जुमा गर्ने निर्णय गर्नुभएको छ । मन्त्री लामाले पदभार ग्रहणका क्रममा कर्णाली प्रदेशको विशिष्ट भौगोलिक, सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थालाई ध्यानमा राख्दै प्रदेशको आवश्यकता र सम्भावनाअनुसार भू–उपयोग …

मिलन खड्का रोका राजनितिक यात्रा ः जनयुद्धको संघर्षदेखि कर्णालीको भौतिकमन्त्रीसम्म

  रुकुम पश्चिम – लामो राजनीतिक संघर्ष र संगठनात्मक अनुभवबाट स्थापित नाम हो  मिलन खड्का रोका। किशोरावस्थामै राजनीतिक यात्रा सुरु गर्नुभएकी रोका अहिले कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारीमा  नियुक्त हुनुभएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९, राङ्जामा २०३२ साल फागुन ८ गते जन्मिनुभएकी रोकाका बुबा …

संघर्षशील नेत्री जुम्कित लामा ः जनयुद्धकाे योद्धादेखि कर्णालीकाे कृषिमन्त्रीसम्म

सुर्खेत ११ भाद्र – कर्णालीको विकट हिमाली भूगोल हुम्लामा जन्मिएर संघर्षलाई जीवनको अभिन्न अध्याय बनाउँदै जनताको सेवा र सामाजिक रूपान्तरणलाई आफ्नो जीवनको मूल ध्येय बनाएकी नाम हो—जुम्कित लामा कार्की । उनै जुम्कीत २०८३ भाद्र ११ गते कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रूपमा नियुक्त भएर कर्णालीको कृषिको …

मप इन्जिनियरिङ केन्द्रीय विभागमा स्वागत तथा विदाइ कार्यक्रम

सुर्खेत, १ भाद्र  – मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङको सिभिल इन्जिनियरिङ केन्द्रीय विभागमा प्रशासन प्रमुख र लेखा प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएका अधिकृतद्वयलाई सोमबार वीरेन्द्रनगर, सुर्खेतस्थित विभागमा आयोजित एक औपचारिक कार्यक्रमबीच स्वागत गरिएको छ । सोही अवसरमा विभागमा कार्यरत सहायक लेखालाई कदरपत्रसहित विदाइ गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय, …

सरकारले वाढीपहिरो प्रभावित जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउने

  साउन ३१ काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जनधनको क्षति भएका ४ जिल्लामा सरकारले भौगर्भिक अध्ययन टोली पठाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । पहिरो प्रभावित रोल्पाको थबाङ गाउँपालिका र सुनछहारी गाउँपालिका, बाजुराको …

जाजरकोटमा बाढीपहिरोमा परेर चार जनाको मृत्यु, ६ घाइते

सुर्खेत, ३१ साउन । जाजरकोटमा शनिबार साँझ गएको बाढीपहिरोमा परी चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन । जिल्लाको भेरी नगरपालिका–२ रिसाङलगायतका विभिन्न स्थानमा गएको पहिरोमा परी उनीहरूको मृत्यु तथा घाइते भएको हो । पहिरोमा परी मृत्यु हुनेमा भेरी नगरपालिका–२ रिसाङका ८४ वर्षीय रती खत्री र …

कर्णालीका मुख्यमन्त्री र सिडिओको बैठकः विपद् पूर्वतयारी र सेवा प्रवाहको समीक्षा

  सुर्खेत २१ साउन – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलवहादुर शाहीले कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूसँग मनसुनजन्य विपद्को पूर्वतयारी, प्रतिकार्यको अवस्था, शान्ति सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहका विषयमा भर्चुअल बैठक गरेका छन । बैठकमा प्रमुख जिल्ला अधिकारीहरूले आफनो जिल्लामा मनसुनका कारण उत्पन्न हुन सक्ने जोखिम, बाढी, पहिरोको अवस्था, पूर्वतयारीका लागि गरिएका …

मुख्यमन्त्रीको निर्देशनपछि सुर्खेतमा बजार अनुगमन

सुर्खेत ,१९ साउन — कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले खाना पकाउने एलपी ग्यासको अभावप्रति चासो व्यक्त गर्दै आवश्यक पहल गर्न निर्देशन दिएपछि उपभोक्ता हकहित संरक्षण कार्यालय, सुर्खेतले मंगलबार वीरेन्द्रनगरका ग्यास विक्रेताहरूमा बजार अनुगमन गरेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तथा आसपासका क्षेत्रमा एलपी ग्यासको आपूर्ति घट्दै सिलिन्डरको चरम अभाव …

कर्णालीमा विषादी व्यवस्थापनबारे अन्तरक्रिया

सुर्खेत,१७ असार – कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन ऐन कार्यान्वयनबारे सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम गरिएको छ । वुधवार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेशद्धारा आयोजित जीवनाशक विषादी व्यवस्थापन ऐन कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रम गरिएको हो । कर्णाली प्रदेशमा जीवनाशक विषादीको सुरक्षित, प्रभावकारी तथा कानुनसम्मत व्यवस्थापनलाई थप सुदृढ …

सुर्खेतका बिक्रेताहरूलाई बीउबिजन गुणस्तर सम्बन्धी अभिमुखीकरण

सुर्खेत, १६ असार – सुर्खेत जिल्लामा बिक्री–वितरण हुने बीउबिजनको गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले जिल्लास्थित बिक्रेताहरूलाई बीउबिजन गुणस्तर सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । सोमवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा एकीकृत कृषि प्रयोगशाला, वीरेन्द्रनगर, सुर्खेतद्धारा आयोजित बीउबिजन गुणस्तर सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा बीउबिजन ऐन तथा नियमावली, …