मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न, १,९२८ विद्यार्थी दीक्षित

शेरबहादुर केसी सुर्खेत, असार ३ — मध्यपश्चिम विश्वविद्यालयको ऐतिहासिक चौथो दीक्षान्त समारोह, १८औँ सभा (सिनेट) बैठक तथा वार्षिकोत्सव बुधबार भव्य रूपमा सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेपाल सरकारका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेल …

कर्णालीस्थित श्रीपाली बस्न्यातहरूको वंशावली र गोत्रसम्बन्धी पुस्तक विमोचन

  सुर्खेत, २४ जेष्ठ \श्रीपाली बस्न्यात समाज सुर्खेतको आयोजनामा जगत बहादुर बस्नेतद्वारा लिखित “कर्णालीप्रदेशस्थित श्रीपाली बस्न्यातहरूको वंशावली, गोत्र र मष्ट को हुन् भन्ने सम्बन्धी पुस्तक” को विमोचन गरिएको छ। वीरेन्द्रनगर–७, सुर्खेतमा आयोजित कार्यक्रममा श्रीपाली बस्न्यात समाजका अध्यक्ष टोप बहादुर बस्नेतको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि   पूर्व क्याम्पस प्रमुख कृष्ण …

मध्यपश्चिम विश्वविद्यालय र अष्ट्रेलियन दूतावासबीच शैक्षिक सहकार्यमा जोड

सुर्खेत, चैत १३— मध्यपश्चिम विश्वविद्यालय र नेपालस्थित अष्ट्रेलियन दूतावास का प्रतिनिधिमण्डलबीच शुक्रबार वीरेन्द्रनगर मा शिष्टाचार भेटसँगै शैक्षिक सहकार्यका विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति ध्रुवकुमार गौतम र दूतावासका उपप्रमुख ग्रेग क्लेम ले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई शिक्षा मार्फत अझ सुदृढ बनाउनेमा जोड दिनुभयो । कार्यक्रममा …

 आलुको बीउ प्रमाणीकरणका लागि कृषकलाई तालिम

  सुर्खेत/ आलुको बीउ प्रमाणीकरणका लागि कृषकलाई लक्षित गरेर तालिमको आयोजना गरिएको छ । आलुको बीउ प्रमाणीकरण सम्बन्धी एक दिने स्थलगत तालिम गुर्भाकोट नगरपालिका–१३, गुमी, सुर्खेतमा सम्पन्न भएको छ । उक्त तालिम २०८२ साल चैत्र १० गते आयोजना गरिएको हो ।   कर्णाली प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा …

मध्यपश्चिम विश्वविद्यालय योजना परिषद्को बैठक सम्पन्न

सुर्खेत २५ माघ । मध्यपश्चिम विश्वविद्यालय योजना परिषद्को वैठक सम्पन्न भएको छ । आइतबार वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको बैठकले विश्वविद्यालयको आगामी पाँच वर्षे रणनीतिक योजना निर्माण सम्बन्धी मस्यौदाका वारेमा छलफल गर्दै वैठक सम्पन्न भएको हो । वैठकले मस्यौदालाइ ७ दिनभित्र अन्तिम रुप दिने निर्णय पनि गरेको छ । मध्यपश्चिम विश्वविद्यालयका …

एमयू ग्लोबल र‍्याङ्किङ अपरेसन कमिटी गठन

  सुर्खेत, ७ पुस /  मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्नका लागि आवश्यक कार्य गर्न पहिलोपटक एमयू ग्लोबल र‍्याङ्किङ अपरेसन कमिटी (MU GORC) गठन गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीको संयोजकत्वमा सदस्यहरु डा. विष्णुकुमार खड्का, डा. पुष्पराज आचार्य, डा. रेशमबहादुर विष्ट, डा. दिक्पालकुमार …

मध्यपश्चिम विश्वविद्यालयमा सहकर्मी सिकाइ सेमिनार शुभारम्भ

सुर्खेत, ६ पुस / मध्यपश्चिम विश्वविद्यालयमा एक समारोहका बीच दुई दिने सहकर्मी सिकाइ सेमिनार “पीअर लर्निङ सेमिनार” आजबाट वीरेन्द्रनगर, सुर्खेतमा शुभारम्भ भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा सुदुरपश्चिम विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालय तालिम इकाइ (MUTU) द्वारा आयोजित सो सेमिनारको आइतवार विहान समुद्घाटन गरिएको हो । …

सुर्खेतमा नेकपाको सन्देश सभा सम्पन्न

सुर्खेत २७ मंसिर । नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न कम्युनिस्ट घटकहरूबिचको एकतापछि बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘एकता सन्देश सभा’ सम्पन्न गर्‍यो । उक्त सभामा नेता, कार्यकर्ता र जनमासको उपस्थिती बाक्लै र उत्साहजनक थियो । सभालाई व्यवस्थित गर्न स्थानीय नेताहरू दुई साताअघिदेखि नै अहोरात्र …

२२औं विश्व रक्तदाता दिवसको अवसरमा सुर्खेतमा रक्तदान

सुर्खेत २४ जेठ । २२औं विश्व रक्तदाता दिवसको अवसरमा सुर्खेतको विरेन्द्रनगर–१ मा आयोजित रक्तदान कार्यक्रममा २६ पिन्ट रगत संकलन गरिएको छ । कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवास कुमार शाक्यले …

सामाजिक सुरक्षाकोषमा समेट्न करार सवारी चालकको माग

सुर्खेत २२ जेठ करार सवारी चालकले विभिन्न माग राखेर कर्णाली प्रदेश सरकारलाई ज्ञापनपत्र वुझाएका छन । कर्णाली प्रदेशमा कार्यरत करार सवारी चालकहरुले आफनो समस्याहरु हल गरि पाउनुपर्ने सुविधाको ब्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेका हुन । कर्णाली प्रदेशमा कार्यरत करार सवारी चालकहरुले सामाजिक सुरक्षा कोष तथा महंगी भत्तामा करार …