सुर्खेत २२ जेठ
करार सवारी चालकले विभिन्न माग राखेर कर्णाली प्रदेश सरकारलाई ज्ञापनपत्र वुझाएका छन । कर्णाली प्रदेशमा कार्यरत करार सवारी चालकहरुले आफनो समस्याहरु हल गरि पाउनुपर्ने सुविधाको ब्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेका हुन ।
कर्णाली प्रदेशमा कार्यरत करार सवारी चालकहरुले सामाजिक सुरक्षा कोष तथा महंगी भत्तामा करार सेवामा कार्यरत कर्मचारी हरुलाई पनि समेट्न माग गर्दै कर्णाली प्रदेशकार आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।
आगामी वजेटमा आफना मागहरु समेट्न आग्रह गर्दै करार सवारी चालकहरुले विभिन्न ९ वुदे माग कर्णाली प्रदेश सरकारलाई वुझाएको कमलेश रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार करारमा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन राजनितिकरुपमा तथा भनसुनमा नभइ कामको आधारमा गर्न पनि माग गरिएको छ । प्रदेश सरकार तथा मातहतका कार्यालयहरुवाट प्रदान गरिने विभिन्न पुरस्कार तथा सम्मानमा पनि कामको उचित मुल्याङकन गरे करार तथा श्रेणी विहिन कर्मचारीलाई पनि समावेश गर्नुपर्ने रिमालले वताउनुभयो ।
त्यस्तै सरकारले दुर्घटना कोषको ब्यवस्थापन गर्नुपर्ने,विशिष्ट ब्यक्तिको सुविधामा प्रदान गरिने सवारी चालकमा स्विकृत दरबन्दीका सरवारी चालकहरुलाई कामको जिम्मेवारी दिनुपर्ने, अस्थायी तथा करार सेवामा रहेका कर्मचारीलाई निजामती कर्मचारी सरको सुविधा दिनुपर्ने लगाएतका मागहरु प्रदेश सरकारसमक्ष पेश गरिएको कमलेस रिमालले जानकारी दिनुभयो ।