
सुर्खेत, असोज २३ ।
मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग वीरेन्द्रनगर, सुर्खेतमा बडादशैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व, २०८३ को पूर्व सन्ध्यामा शुक्रवार प्राध्यापक तथा कर्मचारीका बीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सिभिल इन्जिनियरिङ केन्द्रीय विभागका विभागीय प्रमुख ई. सुरेन्द्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्प्युटर इन्जिनियरिङ केन्द्रीय विभागका विभागीय प्रमुख ई. कपिल बुढाथोकी सहित उपस्थित प्राध्यापक तथा कर्मचारीहरूले यस किसिमका कार्यक्रमले विभागमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्न, संस्थागत एकता कायम राख्न र चाडपर्वको सांस्कृतिक तथा सामाजिक महत्त्वलाई आत्मसात् गर्न सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षका हैसियतले सहभागीमाझ शुभकामनासँगै समापन मन्तव्य व्यक्त गर्दै सिभिल इन्जिनियरिङ्ग केन्द्रीय विभागका प्रमुख शाहीले परम्परादेखि चल्दै आएका यी चाडपर्वहरूले आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहिष्णुता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो । उहाँले सकारात्मक सोंच एवं टीमवर्क नै हाम्रो सफलताको आधार भएको भन्दै यो स्पिरिटलाई अक्षुण्ण राख्न सबैलाई अपिल गर्नुभयो ।
कार्यक्रमको सञ्चालन विभागका प्रशासन प्रमुख शेरबहादुर केसीले गर्नुभएको थियो ।
