काठमाडौं, १ बैशाख / नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन हुम्लाका उपविजेता डा. दीपेन्द्र रोकायाले नेपाल सरकारलाई ६४ बुँदे ज्ञापन पत्र बुझाउँदै हुम्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न आग्रह गरेका छन्। उनले हुम्ला कुनै समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तर उपेक्षाका कारण आज …
Category: हुम्ला
हुम्लामा नेपाली कम्युनिष्ट पार्टी घरदैलोमा केन्द्रित -डा. दीपेन्द्र रोकायालाइ सबैले दिन्छन् शुभकामना
सिमकोट, १३ माघ/ नेपाली कम्युनिष्ट पार्टी हुम्लाका उम्मेदवार डा. दीपेन्द्र रोकायाले आफ्ना मतदाताको बीचमा पुगेर घरदैलो गर्न थालेका छन्। उनले जिल्ला सदरमुकाम सिमकोट तल्लो गाउँको चौपारीबाट आफ्नो घरदैलो कार्यक्रमको शुरुवात गरेका हुन् । आइतवार विहान स्थानीय ल्वासुर र वाँडपालका धामी, डाँग्री तथा गाउँका जानमानको उपस्थितिमा स्थानीयवाशीद्धारा उम्मेदवार डा. रोकायाको चुनावी …
विद्यालयको अध्यक्ष नरहेको सांसद परियारद्धारा जानकारी
हुम्ला, २३ मंसिर \ पुर्वमन्त्री एंव कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियारले अदानचुली गाउँपालिका–१ स्थित जनकल्याण प्रस्तावित माध्यमिक विद्यालय, कल्खे हुम्लाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आफु नरहेको जानकारी गराएका छन । मंगलवार विज्ञप्ती जारी गर्दै सांसद परियारले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आफु नरहेको जानकारी दिएका हुन । विद्यालय व्यवस्थापन समिति गठन …
सवारी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन
सुर्खेत ४ भाद्र /हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) को सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ को एमाले मोड नजिकै सोमबार दुर्घटना भएको हो । उनको नेपालगञ्जमा उपचारका क्रममा आज …
हुम्लामा घुम्ती आकस्मिक उपचार सेवा
हुम्ला ३ असार/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, हुम्लाद्धारा घुम्ती आकस्मिक उपचार सेवा संचालन गरिएको छ । जिल्ला सदरमुकाम सिमकोट स्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा रहेको स्याउ बगैंचामा घुम्ती आकस्मिक उपचार सेवाको शुरुवात गरिएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाको परिसरमा रहेको स्याउ बगैचामा रातो कमिला लाग्ने, फल …
वार्षिक कार्यक्रमको अनुगमन सम्पन्न
जेठ २६ हुम्ला/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, हुम्लाद्धारा सञ्चालित विभिन्न योजना तथा कार्यक्रमहरुको अनुगमन गरिएको छ । हुम्ला जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको अवस्थालाई वुझन जिल्ला स्तरिय अनुगमन गरिएको हो । जिल्लाको आर्थिक वर्ष.२०८०÷०८१ सम्म सञ्चालन गरिएका कार्यक्रमहरुको जिल्ला स्तरिय अनुगमन समितिवाट अनुगमन …
प्रधानमन्त्री कृषि आधुनिकीकरणको प्रदेशस्तरिय प्रगति समिक्षा सम्पन्न
कर्णालीमा किसान सरकार कार्यक्रम संचालन
सुर्खेत २९,चैत्र / कर्णालीमा किसान सरकार हातेमालो कार्यक्रम संचालन हुने भएको छ । कर्णालीको गरिवी लाई अन्त्य गर्नका लागी किसान सरकार हातेमालो कार्यक्रम संचालन गरिएको सरकारका प्रवक्ता एवम भुमी ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका १० वटा जिल्लाका सबैभन्दा गरिब स्थानीय तह …
कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाईने
दिपेन्द्र शर्मा सुर्खेत, ६ फागुन/ कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । …
सामुदायिक विद्यालयमा कर्मचारीको दरबन्दी सृजना गर्न माग
सुर्खेत ७ साउन । कर्णाली प्रदेशका विद्यालयका कर्मचारीहरुले सामुदायिक विद्यालयहरुमा कर्मचारीको दरबन्दी सृजना गर्न माग गरेका छन । नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेश समितिले आज कर्णाली प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउदै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको दरवन्दी सृजनाको माग गरेका हुन् । उनीहरुल विद्यालय कर्मचारीहरुलाई निजामति वा शिक्षकसरह पदीय …








