प्रधानमन्त्री कृषि आधुनिकीकरणको प्रदेशस्तरिय प्रगति समिक्षा सम्पन्न


दीपेन्द्र शर्मा
सुर्खेत १० माघ/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कर्णाली प्रदेश स्तरीय दोस्रो त्रैमासिक तथा अर्धबार्षिक प्रगति समिक्षागोष्ठी  सप्पन्न भएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा आयोजित प्रगति समिक्षा गोष्ठीमा कर्णालीको  कृषिमा परियोजनाको तर्फबाट गरिएको लगानी लगाएतका बिषयमा समिक्षा गोष्ठीको आयोजना गरिएको हो ।

कर्णाली प्रदेश अन्तरगतका जिल्लामा परियोजना शुरु बर्षदेखि आब २०७९/८० सम्मको मुख्य मुख्य उपलब्धिहरुको समिक्षा ,कर्णाली प्रदेश अन्तरगतका परियोजना कार्यान्वयन एकाइहरुको शुरु बर्षदेखि हालसम्मको बजेट बिनियोजन र खर्चको विवरण, जोन तथा सुपरजोन अन्तरगतका बाली बस्तुको उत्पादकत्वको अवस्था,परियोजनाहरुमा संचालित विभिन्न कार्यक्रमबाट देखुएको उल्लेखनिय परिवर्तन लगाएतका बिषयमा प्रदेशस्तरीय समिक्षा गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख पुष्पराज पौडेलले जानकारी दिनुभयो ।

  प्रमुख पौडेलका अनुसार कर्णाली प्रदेशका हुम्ला ,डोल्पा , जाजरकोट , मुगु जिल्लामा परियोजना एकाइ कार्यालयहरु रहेका छन । त्यस्तै कर्णालीका दैलेख र सुर्खेतको सुर्खेतमा,सल्यान र रुकुम पश्चिमका लागि सल्यानमा, जुम्ला र कालिकोटको लागि जुम्लामा परियोजना एकाइ कार्यालय रहेका छन ।

कर्णालीमा २४ वटा जोन तथा  सुपरजोनमा ११ वटा बालीबस्तुहरु र प्रदेश अन्तर्गतका जिल्लामा ५७ वटा प्राथमिकता प्राप्त बालिहरुको खेती भइरहेको पौडेलले जानकारी दिनुभयो ।

 

परियोजना अन्तरगतका जिल्लामा विभिन्न सहकारी,समुह, कृषि उद्दमी , कम्पनी तथा प्राबिधिक शिक्षालय मार्फत कार्यक्रमहरु संचालन भइरहेको प्रमुख पौडेलले बताउनुभयो ।

 

पौडेलका अनुसार कर्णालीमा स्याउ ओखर , दलहन सिमि,अदुवा बेसार, बाख्रा भेडा, तरकारी , सुन्तलाजातका फलफूल ,धान,मकै,आकु, मौरी र भैंसी प्राथमिकता प्राप्त बालिहरुमा लगानी गरिएको छ ।
परियोजना कार्यान्वयन भएका जिल्लाहरु समिक्षा हेर्दा सबैभन्दा धेरै माग र काम पनि धेरै र छिटो हुने कार्यक्रम साना सिचाइ रहेको परियोजना ब्यवस्थापन कार्यालयका कृषि अधिकृत डाक्टर सुनिता पाण्डेले बताउनुभयो ।

अरु कार्यक्रम भन्दा  साना सिचाइ कार्यक्रम बढी प्रभावकारी देखिएको डाक्टर पाण्डेले बताउनुभयो । डाक्टर पाण्डेका अनुसार कार्यक्रममा बजेट खर्च हुने तर प्रगति आउन समस्या हुने गरेको छ । प्रस्ताव धेरैमा पेश गर्ने ,सस्तोमा पाए लिने र कार्यान्वयनमा समस्या आउने गरेको छ ।

कर्णालीमा खेतीयोग्य जमिन घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै आगामी  दिनमा कर्णालीमा  खेतीयोग्य जमिन बढाउने गरि थप प्रभावकारी कार्यक्रम संचालन गर्नुपर्ने भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव डाक्टर नरहरी प्रसाद घिमिरेले बताउनुभयो । तिनतहका सरकारको लक्ष्य भनेको गरिबिको अन्त्य गर्नुभएको भन्दै सचिब घिमिरेले कर्णालीमा थप प्रभावकारी कार्यक्रम संचालन गर्ने ,तिनतहको सरकारका  बीचमा राम्रो समन्वय गर्ने, कृषिको लगानीमा वृद्धि गर्ने , स्थानीय उत्पादनमा जोड दिने , आवश्यकताको आधारमा लगानीको वृद्धि गर्नुपर्नेमा  जोड दिनुभयो  ।

प्रदेश स्तरीय प्रगति समिक्षा गोष्ठीमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरिएको लगानीको बारेमा सबै जिल्लाबाट रिपोर्टिङ गरिएको थियो ।

कर्णाली प्रदेशका परियोजना कार्यान्वयन एकाइका कृषि प्राबिधिकहरु, कर्णालीको कृषि क्षेत्रमा लगानी गरेको सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधिहरु, जोन संचालक समितिका पदाधिकारीहरु,कृषकहरु,पत्रकारहरु लगाएतका सरोकारवालाको सहभागिता रहेकोे परियोजना कार्यान्वयन एकाइ सुर्खेतले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, माघ १२, २०८०     8:00:45 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *