प्रदेश अस्पतालमा स्पानल इन्जुरीको सफल अप्रेशन ः ५१ वटा स्पानल इन्जुरीको अप्रेशन


सुर्खेत ८ माघ / प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृतिको उपचार मानिने स्पानल इन्जुरी (मेरुदण्डको अप्रेशन) को सफल अप्रेशन गरिएको छ । अस्पतालमा हालसम्म ५१ वटा स्पानल इन्जुरीको सफल अप्रेशन गरेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए ।

स्पानल इन्जुरीको अप्रेशन जटिल प्रकृतिको उपचार सेवा मध्येको भएपनी प्रदेश अस्पतालले उपचार सेवा दिँदै आएको अर्थोपेडिक विभागका प्रमुख डाक्टर शुभ श्रेष्ठले जानकारी दिए । उनका अनुसार तीन वर्षदेखि अस्पतालमा स्पानल इन्जुरीको अप्रेशन हुँदै आएको छ ।


सुर्खेतमै स्पानल इन्जुरीको अप्रेशन सुरु गरेपछि ढाँड भाँचिएका कर्णालीका विरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको डाक्टर श्रेष्ठले बताए । महंगो र जटिल प्रकृतिको समस्या भएकै कारण ढाँडको अप्रेशन गर्ने विरामीका लागि अस्पतालले ‘विपन्न नागरिक औषधि उपचार कोष’ सञ्चालन गरेको छ । २०७९ असारदेखि सञ्चालनमा आएको यही कोषबाट स्पानल इन्जुरीको अप्रेशन गरेका विरामीलाई एक लाख बराबरको औषधि उपचार सेवा पाउँदै आएका छन ।

आर्थिक अभावमा कुनै पनि विरामी उपचारबाट बन्चित नहोस भन्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक औषधि उपचार कोष सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा प्रदेश अस्पतालमा ठूला र जटिल प्रकृतिका उपचार सेवाहरु सञ्चालन हुँदै आएका छन ।

अर्पोपेडिक विभागमा हाल डाक्टर शुभ श्रेष्ठ, डाक्टर पदम गिरी, डाक्टर रविन केसी, डाक्टर तेजेन्द्र साउद, डाक्टर किशोर कुमार विष्ट र डाक्टर हिक्मत भण्डारीसहित ६ जना चिकित्सकहरु कार्यरत रहेका छन ।
केक काटेर खुशीयाली


अस्पतालमा ५० भन्दा बढी स्पानल इन्जुरीका विरामीको सफल अप्रेशन गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गर्दै केक काटेर खुशीयाली मनाएको छ ।

अस्पतालमा आएका जटिल प्रकृतिका विरामीलाई सहज रुपमा उपचार गर्न सफल भएको खुशीयालीमा अस्पतालले केक काटेर खुशीयाली मनाएको प्रदेश अस्पतालले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, माघ ७, २०८०     6:32:22 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *