कर्णालीमा तीन आधार क्षेत्र निर्माण गरि प्रदेशकाे कृषि र पशु क्षेत्रमा विकास गरिन्छः मन्त्री शर्मा

माघ ६ सुर्खेत / कर्णाली प्रदेशमा तीन आधार क्षेत्र निर्माण गरि प्रदेशकाे कृषि र पशु क्षेत्रकाे विकास गर्ने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले बताउनुभएको छ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश पशुपंछी विकास निर्देशनालयकाे आयोजनामा आयोजना गरिएको १ दिने दाेस्राे त्रैमासिक तथा अर्धवार्षिक ईपिडिमियाेलाेजी र प्रगति समिक्षा गाेष्ठीमा मन्त्री शर्माले डाेल्पाकाे जगदुल्लामा रहेको सरकारी चाैरी फर्मकाे बिकास, हुम्ला जिल्लामा रहेकाे दार्मा बागवानी केन्द्रलाई प्राङ्गारिक कृषि प्रविधि बिकास तथा प्रवर्द्धनमा विकास र कर्णालीमा उत्पादन भएको रैथाने वालीकाे संरक्षण, सम्बर्द्धन,प्याकेजिङ्ग,बजारीकरण गर्न प्रशाेधन केन्द्र मिल स्थापनामा सहमति भएको र तीन प्राथमिकताका आधारमा कर्णालीमा कृषि र पशुक्षेत्रकाे बिकास गरि प्रदेशको समृद्धि गर्न प्रदेश सरकारकाे तयार भएको बताउनुभयो ।

समिक्षा गाेष्ठीमा मन्त्री शर्माले कृषि र पशु क्षेत्रमा भएको उपलब्धि र लगानीकाे तथ्यांक एकिन गरी लाबान्धित संख्याकाे तथ्यांक ब्यबस्थापन गर्न निर्देशन गर्नुभयो ।

प्रदेश सरकारकाे लगानीमा भएको कामकाे उपलब्धि फिल्डमा देखिन्छ तर कसले गरेकाे हाे देखिदैन त्यसकारण प्रदेश सरकारले गरेकाे स्वामित्व किसानलाई बुझाउन आग्रह गर्नुभयो ।

गत बर्ष दुध उत्पादनकाे आधारमा किसानले अनुदान पाउन सकेनान र यस बर्ष पनि दुध उत्पादन किसानलाई समयमा अनुदान रकमकाे ब्यबस्थापन गरिएकोले त्यस तर्फध्यान दिन निर्देशन गर्नुभयो ।
मन्त्री शर्माले कर्णालीकाे समृद्धि कृषि र पशुपंछीपशुपंछीबाट नै सम्भव भएकोले समिक्षामा समस्या,सफलता, र भावी कार्यायाेजनाकाे बारेमा गम्भीर हुन कार्यालय प्रमुखहरुलाई निर्देशन गर्नुभयो ।

प्रकाशित मितिः शनिबार, माघ ६, २०८०     8:16:08 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *