गैटाडका भेडामा देखिएको रोग महामारी नभएको पुष्टि


माघ १९ सुर्खेत / अछाम जिल्लाको कमल वजार नगरपालिका ६ गैटाडमा जुम्लाका किसानहरुले चरिचरणको लागि लिएका भेडामा देखिएको रोग महामारी नभएको पुष्टि भएको छ ।

गत माघ १४ गते भेडामा पखला लाग्ने पेट ढाडिने समस्या देखिएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भिमप्रकाश शर्मालाइ किसान नन्द बहादुर बमले फोन मार्फत र अर्का किसान शुसिल बमले लिखित निवेदन मार्फत भेडामा देखिएको समस्या जानकारी दिए पश्चात मन्त्री शर्माले तत्काल समस्या समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

मन्त्रालयका सचिव नरहरि प्रसाद घिमिरे र मातहतका महाशाखा प्रमुखहरुलाइ दिएको निर्देशन बमोजिम पशु चिकित्सक सहित टोली गत माघ १५ गते अछामको गैटाडमा पुगी भेडामा देखिएको समस्या महामारी नभएको पुष्टि भएको हो ।

बरिष्ट पशुचित्सक राकेश प्रजापतिले भने हामी १५ गते बेलुका गैटाड पुग्दा भेडा पालक किसानहरु चिन्तित हुनुहुन्थो हामीले किसान संग बुझ्दा जुम्लाको हिमा ५ का १३ जना भेडा पालक कृषक तिला २ का १ जना किसान गरी जम्मा १४ जना कृषकले २०८० साल मंसिर १३ गते जुम्लाबाट आफुले पालेका भेडाबाख्रालाइ घुम्ती चरणका लागि अछाम पौष ७ गते देखि हाल सम्म २०८० माघ १६ मुली, पुनेपाटा, थुम, कमलबजार, पाचुले, गैटाड, भन्ने स्थानको चरिचरण गरिरहेको बताए ।

थुम,कमलबजार, पाचुले, गैटाडको चरणमा चराउदा भेडा मर्न सुरू भएको उक्त चरण क्षेत्रमा २०६६ साल देखि भेडा बाख्रा चरण गर्दै आएको र यस्तो समस्या यो भन्दा अगाडि नभोगेको किसान नन्द रोकायाले जानकारी दिएको डाक्टर प्रजापतिले बताए ।


डाक्टर प्रजापतिका अनुसार करिव ३ सय भेडामा मुख सुन्निने ,ढाडिने र एक दुइ दिन सम्म यो अवस्था रहने तेस्रो दिनबाट पखाला लाग्न सुरु गरेको,मृत्यु भएका भेडा बाख्रा बाट पिसाबमा रगत देखिने गरेको ,मृत्यु हुनेमा एक पाठा बाहेक सबै बयस्क भेडा १ देखि तिन बर्षका बढी र १ देखि ५ बर्षका उमेर समुहका भेडा रहेको बताए ।

उनका अनुसार १४ गते किसानका २ भेडा मरेको र १५ गते साँझ ४ वटा भेडा मृत अवस्थामा देखिएको हो ।
५ भेडा पालक किसानहरुले प्राविधिक टोली पुग्नु भन्दा पहिले भेडामा देखिएको समस्या सामाधानको लागि उपचार कार्य गर्दा औषधीको मात्रा कम भएको र औषधी लगाउने समयभर नलगाएको पाइएको बताए ।

डाक्टर प्रजापतिका अनुसार संक्रमित भेडामा पि।पि।आर रोगको नमुना चेकजाँचबाट नेगेटिभ छ।मरेका भेडाहरुको अंगहरुको अवलोकन गर्दा आन्द्रामा घाउ र रगत देखिएको इन्टेरोटक्सीमिया वा घाँसको बिषादीपन भए नभएको इन्टेरोटक्सीमिया रोग निदानको लागि नमुना केन्दिय पशुपंछी रोग अन्वेषन प्रयोग शालामा पठाइएको जानकारी दिए ।

डाक्टरले भने गैटाडमा पुगि १ हजार भेडाको उपचार तथा २ भेडाको पोष्टमार्टम गरि नमुना संकलनको पशुपंछि रोग अन्वेषण प्रयोगशालाको परजिवी परिक्षण शाखाबाट भेडाको गोबर जाँच गर्दा (coccidian)  र शुक्ष्म जीवाणु परिक्षण शाखा बाट मृतक भेडाको नमुना संकलन गरि परिक्षण गर्दा इकोली ( E.koli and Bacillus spps ,strepto coccus spps) देखा परेको बरिष्ट पशुचिकित्सक राकेश प्रजापतिले जानकारी दिए ।

प्रभावित क्षेत्रमा भेडामा पि।पि।आर रोगको नमुना चेकजाँच गर्दा भेडामा पि।पि।आर नेगेटिभ छ तर इन्टेरोटक्सीमिया भए नभएको पुष्टि गर्न नमुना केन्दिय पशुपंछी रोग अन्वेषन प्रयोग शालामा पठाइएको डाक्टर प्रजापतिले बताए ।

गत माघ ३ गते देखि चरिचरणमा गएका भेडामा देखिएको समस्याबाट १सय ५० भेडा मरेको र ३सय बढी भेडा पखला लाग्ने समस्या देखिएको थियो .

किसानको भेडामा देखिएको समस्या समाधान गर्न अहिले कर्णाली प्रदेश सरकारले करिव १ हजार २ सय भेडामा उपचार गरि प्रयोगशाला परिक्षण बाट( cotrimox ,antibiotis)औषधी सिफारिस गरि किसानलाइ दिइएको पशुपंछी विकास महाशाखा प्रमुख प्रचण्ड खड्काले बताए ।

खडकाका अनुसार किसान संग २ दिन बस्यौ र भेडामा भएको समस्या बारे अध्ययन गरौ पहिले पनि किसानले पहिले पनि औषधी उपचार गरेको पायौ तर किसानले ६ एमल औषधी लगाउने समयमा १ एमल दिएको समयमा औषधी उपचार नगरेको कारण भेडामा थप पखलाको समस्या सामाधान नभएको र उपचार पछि भेडापालक किसानलाइ औषधी प्रयोगको तरिका र कोलचन व्यवस्थापन सम्बन्धी सचेतना दिएको बताए ।

प्रकाशित मितिः शुक्रबार, माघ १९, २०८०     8:32:12 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *