वार्षिक कार्यक्रमको अनुगमन सम्पन्न


जेठ २६ हुम्ला/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, हुम्लाद्धारा सञ्चालित विभिन्न योजना तथा कार्यक्रमहरुको अनुगमन गरिएको छ ।


हुम्ला जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको अवस्थालाई वुझन जिल्ला स्तरिय अनुगमन गरिएको हो । जिल्लाको आर्थिक वर्ष.२०८०÷०८१ सम्म सञ्चालन गरिएका कार्यक्रमहरुको जिल्ला स्तरिय अनुगमन समितिवाट अनुगमन गरिएको हो ।


हुम्ला जिल्लाको सर्केगाड गाँउपाललिकामा सञ्चालित भेडा बाख्रा जोन अन्तरगत बाख्राको खोर निर्माण, बाख्रा स्रोतकेन्द्र तथा स्वच्छ मासुपसलहरुको अनुगमन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ हुम्लाका प्रमुख रामदरेश रायले जानकारी दिनुभयो । अनुगमनका क्रममा परियोजना कार्यान्वयन एकाइद्धारा सञ्चालन गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गरेको पाइएको प्रमुख रायले बताउनुभयो ।

जिल्ला स्तरबाट गरिएको अनुगमनले कार्यक्रम कार्यान्वयनमा थप हौसला दिएको, फिल्डमा उत्साह पैदा गरेको, राज्यको लगानीलाई बढवा दिनको लागि मद्दत पुगेको वताउनुभयो । यसरी नियमित अनुगमन गरिएमा राज्यको लगानी खेर नजाने तथा काम नगर्ने प्रवृत्तीको अन्त्य गर्न सहयोग पुग्ने विश्वास गरिएको रायले वताउनुभयो ।


परियोजना कार्यान्वयन एकाई हुम्लाको संयोजनमा गरिएको जिल्ला स्तरिय अनुगमनमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल, हुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल, जिल्ला समन्वय समिति हुम्लाका सदस्य सिंहबहादुर सिंह, सर्केगाड गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष दलबहादुर सिंह वडा नं. ४ का वडा अध्यक्ष तथा कृषकहरुको सयुक्त टोलीले कार्यक्रमको अनुगमन निरीक्षण गरेको प्रमुख रायले वताउनुभयो । उहाँका अनुसार २०८१ जेठ २१ गतेदेखि २४ गतेसम्म उक्त क्षेत्रमा अनुगमन गरिएको थियो ।


भेडा वाख्रा जोन सञ्चालन समिति गठन


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ हुम्लाद्धारा सर्केगाड गाँउपालिकामा सञ्चालन गरिएको भेडा बाख्रा जोनलाई थप प्रभावकारी बनाउनका लागि भेडा वाख्रा जोन सञ्चालन समिति गठन गरिएको छ ।


अनुगमनका क्रममा परियोजना कार्यान्वयन एकाइ हुम्लाका प्रमुख रामदरेश रायको उपस्थितीमा राजेन्द्र कार्कीको संयोजकत्वमा ९ सदस्यीय भेडा वाख्रा जोन सञ्चालन समिति गठन गरिएको छ । समितिका अन्य पदाधिकारी तथा सदस्यहरुमा रुपबहादुर रोकाया सहसंयोजक, श्रृजना बुढा ऐडी कोषाध्यक्ष, भरत मल्ल सचिव रहेका छन । त्यस्तै समितिका सदस्यहरुमा उजला छत्याल, जंग रोकाया, जानकली शाही, मायादेवी सिंह शाही र शौभाग्य बुढा रहेका छन ।

प्रकाशित मितिः 2024-06-14     2:24:36 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *