कर्णालीमा किसान सरकार कार्यक्रम संचालन

सुर्खेत २९,चैत्र / कर्णालीमा किसान सरकार हातेमालो कार्यक्रम संचालन हुने भएको छ । कर्णालीको गरिवी लाई अन्त्य गर्नका लागी किसान सरकार हातेमालो कार्यक्रम संचालन गरिएको सरकारका प्रवक्ता एवम भुमी ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका १० वटा जिल्लाका सबैभन्दा गरिब स्थानीय तह छनोट गर्ने र त्यसमा पनि गरिब वडा छनोट गरेर यहाँको गरिबी लाई अन्त्यको लागी गरिब गाँउमा नमुनाका रुपमा कार्यक्रम संचालनको थालनी गरिएको मन्त्री केसीको भनाई छ ।


कर्णालीमा अर्जुन दृष्ट्रिले काम गर्नुपर्छ
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमी ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीका कर्मचारीको अर्जुन दृष्ट्रिले काम गर्नुपर्ने वताउनुभएको छ ।
प्रदेशको कृषि ब्यवसाय,प्रवद्धन सहयोग तथा तालीम केन्द्रद्धारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरीय योजना तर्जुमा ,कार्यविधि निमार्ण तथा कार्यान्वयन सम्बन्धी तालीमको आज समापन गर्दै मन्त्री केसीले कर्मचारीले अर्जुन दृष्टिले जनताको काम गर्नु वताउनुभएको हो ।
“सबै भन्दा ठुला भनेका जनता हुन, राजनितिज्ञ, कर्मचारी तथा समाजसेवीले सबैभन्दा पहिला जनताको आवश्यकता र भावना अनुसार काम गर्नुपर्छ, ”उहाँले भन्नुभयो । सबैभन्दा सर्वपरिहार्य जनता भएको हुनाले कर्मचारीले अर्जुन दृष्ट्रिले जनताको सेवा गर्नु अहिलेको प्रमुख आश्यकता भएको मन्त्री केसीले वताउनुभयो ।


कृषिका कार्यक्रम वास्तविक किसानले पाउछन
मन्त्री केसीले कृषिका सबै योजना तथा कार्यक्रमहरु वास्तविक किसान केन्द्रित हुन जरुरी रहेको वताउनुभयो ।
विगतमा संचालन गरिएका कार्यक्रमहरु वास्तविक किसानसंग नभई विचौलिया र टाठाँ वाठाँहरुले प्राप्त गरेको भन्दै अबका कार्यक्रमहरु लक्षित वर्गसंग पुग्ने गरि संचालन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
कर्मचारीहरुले सरकारका काम र सेवालाई प्रभावकारी रुपमा जनतासंग जोडेर लिनु प्रमुख दायित्व भएको मन्त्री केसीले वताउनुभयो ।

सबैको सहकार्यले विकास सम्भव
प्रवक्ता केसीले तिनतहका सरकारको उचित समन्वयवाट मात्र कर्णालीको विकास सम्भव हुने वताउनुभयो ।
मन्त्री केसीले भन्नुभयो तिनै तहका सरकार विच उचित समन्वय नहुदा योजना,कार्यक्रम तथा वजेटमा दोहोरोपना हुने हुदा अहिलेको प्रमुख आवश्यकता भनेको सबै विचको समन्वय हो ।
वजेट कार्यान्वयन तथा प्रदेश र स्थानीयतह विचमा उचित समन्वय तथा सहकार्य गर्न सहज होस भनेर मन्त्रालयले प्रदेश भित्रका सबै स्थानीयतहका कृषि तथा पशुसेवाका प्रमुखहरुलाई समन्वयात्मक बैठक तथा तालीमको आयोजना गरिने पनि जानकारी दिनुभयो ।


जनचेतनामुलक अभियान आवश्यक ः कृषि विज्ञ पौडेल
कर्णाली प्रदेश सरकारका विज्ञ तथा कृषि विज्ञ डाक्टर कृष्ण पौडेलले कर्णालीलाई अर्गानिक प्रदेश वनाउन जनचेतनामुलक अभियान संचालन वताउनुभएको छ ।
जनस्तर र आम किसानले जव सम्म अर्गानिकको वारेमा वुज्दैनन र रसायानिक प्रतिको वुझाई फरक हुदैन तव सम्म कर्णालीलाई अर्गानिक वनाउन कठिनाई हुने कृषि विज्ञ पौडेलले धारणा ब्यक्त गर्नुभयो ।
पहिलो जग भनेको किसान भएको भएकाले सरकारले सबैभन्दा पहिला ब्यसायिक किसानलाई अर्गानिकको महत्व र रसायनिक विषाधिको असरको वारेमा वुझाउनुपर्ने पौडेलको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २९, २०७५     11:53:06 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *