बन्दुक भन्दा पत्रकारको कलम बलियो ः मन्त्री ज्वाला


दिपेन्द्र शर्मा
सुर्खेत ६, बैशाख / कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बन्दुक भन्दा पत्रकारको कलम बलियो हुने गरेको वताउनुभएको छ ।
गोरखापत्रको कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको शुक्रवार सुर्खेतमा समापन गर्दै मन्त्री ज्वालाले बन्दुक भन्दा पत्रकारको कलम बलियो हुने भएकाले पत्रकारहरुले समाज परिवर्तनको महत्वपूर्ण भूमीका खेल्नु पर्ने वताउनु भएको हो ।
समाजलाई सही बाटो देखाउन पत्रकारीताको मूल धर्म भएको भन्दै मन्त्री ज्वालाले सामजिक रुपमा पछाडी पारीएका , पिछडिएका समुदायको जीवन परिवर्तनको प्रक्रियामा नेतृत्वदायी भूमीका पत्रकारहरुले निर्वाह गर्नुपर्ने औल्याउनुभयो ।
कर्णालीको विकासमा गोरखापत्रको महत्वपूर्ण भूमीका रहेको उल्लेख गर्दै मन्त्री ज्वालाले बदलिदो यूगसंगै ं समाज परिवर्तनको अगुवा बन्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । कर्णालीको कुरा सिंहदरवारमा पुर्याउन पुलको भूमीका निर्वाह गर्न कर्णालीको पेज सबैतिर जाने गरी प्रकाशन गर्न गोरखापत्रलाई सुझाव दिनुभयो ।
लक्षित पाठक समक्ष सामाग्री पुर्याउनु पहिलो दायित्व भएको भन्दै आवाज विहिनको आवाज बन्नुपनेृ वताउनुभयो । मन्त्री ज्वालाले कर्णालीको स्थानीय उत्पादनलाई प्रोत्साहन मिल्ने गरी समाचार सम्प्रेषण गर्नु पर्ने वताउनुभयो । पत्रकारहरुले जनताको र जनप्रतिनिधी बिचको पुलको काम गरेर समृद्ध नेपाल निमार्णमा योगदान गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

भुगोलको आधारमा बजेट चाहियो

कर्णाली प्रदेशका अर्थमन्त्री समेत रहेका ज्वालाले संघिय सरकारले कर्णालीमा भुगोलका आधारमा वजेटको विनियोजन गर्नुपर्ने वताउनुभएको छ । “कर्णालीलाई जनसंख्याका भन्दा भूगोलका आधारमा बजेट चाहिन्छ, सबै भन्दा धेरै भुगोल कर्णालीकै छ, संघिय सरकारले यो प्रदेश लाई फेरी पनि जनसंख्याको आधारमा वजेट विनियोजन गर्दा अन्याय हुन्छ” उहाँले भन्नुभयो । पहुचकै आधारमा पछाडी परेको कर्णालीलाई समग्र देशको भुगोल लाई आधार मानी वजेट विनियोजन गर्नुपर्ने मन्त्री ज्वालाको भनाई छ ।

कर्णालीलाई पन्छाउन हुदैन
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनावाट कर्णालीलाई पन्छाउन नहुने वताउनुभयो । “कर्णालीको पानी ५ नम्बर प्रदेश प्रयोग हुन्छ, त्यसवाट उत्पादीत बिजुली कर्णालीमा प्रयोग हुनुपर्छ” उहाँले भन्न्ुभयो । भेरी बबई डाइभर्सन आयोजनाबाट कर्णाली प्रदेशले बढी लाभ पाउनुपर्ने मन्त्री ज्वालाको भनाई छ ।
आयोजना प्रभावित क्षेत्रका जनताको आर्थिक अवस्था सुधार ल्याउन आय आर्जनका कार्यक्रम संचालन गर्नुपर्ने उहाँले वताउनुभयो । मन्त्री ज्वालाले दैलेखको डुङगेश्वर खोलाको पानीलाई वीरेन्द्रनगर उपत्यकामा ल्याउनका लागि संघिय सरकारले सहयोग गर्नुपर्ने वताउनुभयो ।
भेरी बबई डाईभर्सनको सुरुङ खन्न प्रयोग भएको टनेल बोरिङ बोरिङ (टिबिएम) नजिकै हुदा दैलेखको पानी प्रदेशको राजधानीमा ल्याउन प्रयोग गर्दा कर्णालीवासीलाई राहत हुने उहाँको भनाई छ । टनेल बोरीङ मेसीनलाई सिन्धुली लिनु भन्दा नजिकैको कर्णालीमा प्रयोग गर्दा कर्णालीलाई गुण लाग्ने वताउनुभयो । “ भेरी बबइ डाईभर्सनमा टिबिएमको काम सकियो , यसलाई सिन्धुली लिएर पुन ल्याउनु भन्दा अहिले नजिक भएको मेसीनलाई प्रयोग गरेर वीरेन्द्रनगरमा खानेपानीको आपुर्ती गर्नु पर्छ”उहाँले भन्नुभयो ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ६, २०७६     12:16:52 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *