
सुर्खेत, २४ जेष्ठ \श्रीपाली बस्न्यात समाज सुर्खेतको आयोजनामा जगत बहादुर बस्नेतद्वारा लिखित “कर्णालीप्रदेशस्थित श्रीपाली बस्न्यातहरूको वंशावली, गोत्र र मष्ट को हुन् भन्ने सम्बन्धी पुस्तक” को विमोचन गरिएको छ।
वीरेन्द्रनगर–७, सुर्खेतमा आयोजित कार्यक्रममा श्रीपाली बस्न्यात समाजका अध्यक्ष टोप बहादुर बस्नेतको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि पूर्व क्याम्पस प्रमुख कृष्ण बहादुर रेम्मी रहेका थिए भने विशेष अतिथिका रूपमा पूर्व रजिष्ट्रार डा. महेन्द्र मल्ल सहभागी थिए।

कार्यक्रममा पुर्ब प्रमुख जिल्ला अधिकारी लेखक जगत बहादुर बस्नेतले पुस्तक तयार पार्ने क्रममा समुदायको इतिहास, वंशावली, गोत्र तथा मष्ट परम्पराबारे विस्तृत अध्ययन र तथ्य सङ्कलन गरिएको जानकारी दिए। उनले पुस्तकले श्रीपाली बस्न्यात समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। बस्नेत नेपाल सरकारको उपसचिव तहबाट अवकाशप्राप्त कर्मचारी हुन ।

विमोचन कार्यक्रममा नारायण प्रसाद तिमिल्सिनाले पुस्तकमाथि टिप्पणी प्रस्तुत गर्दै कृतिले श्रीपाली बस्न्यात समुदायको इतिहास, वंशावली र गोत्रसम्बन्धी तथ्यलाई व्यवस्थित रूपमा सङ्कलन तथा अभिलेखीकरण गरेको उल्लेख गरे। उनले पुस्तक समुदायको पहिचान संरक्षणका साथै भावी पुस्ताका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरे। यो पुस्तक श्रीपाली बस्न्यात तथा अन्यका लागि ऐतिहासिक दस्तावेज भएको उल्लेख गरे ।

कार्यक्रममा समाजका संरक्षक डम्बर बहादुर बस्नेत, बिरेन्द्रनगर ७ सुर्खेतका वडा अध्यक्ष ध्रुवकुमार चपाई, गौतम समाज कर्णाली प्रदेशका अध्यक्ष गणेश गौतम, कौशिल्यादेबी बस्नेत, हिक्मत बहादुर बस्नेत लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रमका सहभागीले पुस्तकमा उल्लेख भएका विभिन्न बिषयबस्तुमाथी टिप्पणी तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजका अन्य पदाधिकारी उपाध्यक्ष हरिहर बस्नेत, सचिब सुरेन्द्र बस्नेत सचिव, कोषाध्यक्ष श्री तिलक बस्नेत, सदस्यहरु इन्द्र ब स्नेत, उतम बस्नेत सदस्य, विन्दु बस्नेत, गणेश बस्नेत, श्री टोप बहादुर बस्नेत, लक्ष्मी बस्नेत, शर्मिला बस्नेत लगायत समाजका सल्लाहकार तथा सदस्यहरुको सहभागीता रहेकोे थियो ।

कार्यक्रमको सञ्चालन यामबहादुर बस्नेत र स्वागत मन्तव्य समाजका सचिव सुरेन्द्र बस्नेतले गरेका थिए।
समाजका अनुसार पुस्तकमा ३४ वटा शीर्षक समावेश गरिएका छन्। पुस्तकको मूल्य व्यक्तिगततर्फ रु. ३०० र संस्थागततर्फ रु. ५०० निर्धारण गरिएको छ। समुदायको इतिहास, वंशावली, गोत्र तथा सांस्कृतिक परम्पराको संरक्षण र पुस्तान्तरणमा पुस्तकले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
