
सुर्खेत २५ माघ । मध्यपश्चिम विश्वविद्यालय योजना परिषद्को वैठक सम्पन्न भएको छ । आइतबार वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको बैठकले विश्वविद्यालयको आगामी पाँच वर्षे रणनीतिक योजना निर्माण सम्बन्धी मस्यौदाका वारेमा छलफल गर्दै वैठक सम्पन्न भएको हो । वैठकले मस्यौदालाइ ७ दिनभित्र अन्तिम रुप दिने निर्णय पनि गरेको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति एवम् योजना, विकास तथा अनुगमन परिषद्का अध्यक्ष प्रा. डा. ध्रुवकुमार गौतमले विश्वविद्यालय स्थापनाको मूल मर्म अनुरुप प्रस्तुत मस्यौदाले सरोकारवाला सबैको साझा अपनत्व वोध गराएको वताउनुभयो ।

वैठकमा वोल्दै पउकुलपति प्रा.डा. गौतमले सवै पक्ष यो वा त्यो रुपमा निर्माण प्रक्रियामा सहभागी भै आ–आफ्नो अभिमत समेत योजनामा प्रतिबिम्बित भएकाले रणनीतिक योजना सबैले अपनत्वबोध गर्ने दस्तावेज बनाएकोमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । फुलवुट्टा भरेर वनाएका योजना कार्यान्वयनमा कठिनाई हुने भएकाले वास्तविक स्रोत र सम्भावनाको तादात्म्यता हुने गरी योजना बनाइएको बताउनुभयो ।
विश्वविद्यालय अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले नेतृत्वको फेरबदलसँगै योजना फेरिने परम्परा तोड्दै संस्थागत निरन्तरतामा नयाँ योजना निर्माण गरिएको र तदनुरुप अघि बढ्दा नै संस्थाको स्थायित्व हुनेमा जोड दिनुभयो । उपकुलपति प्रा. डा. गौतमले रणनीतिक योजना अन्य कार्ययोजनाको मार्गनिर्देशन भएकाले अझ ठोस रुपमा निकायगत कार्ययोजना निर्माण गर्न सकिने बताउनुभयो ।

वैठकमा रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले योजना विश्वविद्यालयको आवश्यकता अनुरुप आफ्नो मौलिकतालाई आत्मसात् गर्न अभिमुख भएकाले यसको सफल कार्यान्वयनका लागि सबैले आ– आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।
योजना परिषद्का विज्ञ सदस्य समेत रहनुभएका मस्यौदा लेखन कार्यदलका संयोजक प्रा. डा. चन्द्रप्रसाद रिजालले सहभागीहरु माझ मस्यौदाको प्रस्तुतीकरण गर्नुभएको थियो ।
छलफलमा डीनद्वय सहप्रा. डा. राजन सुवाल र सहप्रा. डा. आनन्दप्रसाद सुवेदी, परीक्षा व्यवस्थापन प्रमुख सहप्रा. डा. अर्जुनबहादुर अयडी, कार्यकारी निर्देशकद्वय डा. लक्ष्मीप्रसाद आचार्य र डा. पुष्पराज आचार्य, डा. ऐश्वर्यप्रसाद ढकाल, उपप्रा. कल्पना पौडेल लगायतले मस्यौदा माथि आफनो विचार सहित सुझाव दिनुभएको योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवम् परिषद्का सदस्य–सचिव डा. विष्णुकुमार खड्काले जानकारी दिनुभयो ।

विश्वविद्यालय सेवा आयोगका सदस्य डा. अमृतकुमार शर्मा गैरे सहित विभिन्न ग्र्याजुएट स्कूलका डीन, परीक्षा व्यवस्थापन प्रमुख, कार्यकारी निर्देशक, कार्यकारी परिषद् सदस्य , कार्यक्रम निर्देशक लगायत उपलब्ध प्राध्यापक तथा कर्मचारी सहभागी वैठकको संचालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवम् परिषद्का सदस्य–सचिव तथा रणनीतिक योजना निर्माण समितिका संयोजक डा. विष्णुकुमार खड्काले गर्नुभएको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिनुभयो ।
वैठकमा सहभागीहरुले ब्यक्त गरेका विचार तथा सुझावहरुको अभिलेखिकरण गर्न निर्देशनालयका प्रशासन प्रमुख एवम् विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसी तथा लेखा अधिकृत रचना विष्टलाई जिम्मेवारी दिइएको थियो ।
