हुम्लाका घरघरमा डा. दीपेन्द्र रोकायाको चर्चा


हुम्ला संवाददाता
सिमकोट, २९ माघ

अहिले हुम्लामा नेपाली कम्युनिष्ट पार्टी उम्मेदवार डा. दीपेन्द्र रोकायाको चर्चा घर घरमा हुन थालेको छ । उनले सिमकोट र खार्पुनाथका सबै गाउँघरमा घरदैलो अभियान गर्दा यो चर्चा हुन थालेको हो ।

उनी जहाँ जान्छन्, सबैलार्इ भेट्छन्। वाल, वृद्ध र युवालार्इ नछुट्यार्इ नमस्कार गर्छन् । आफ्नो परिचय दिन्छन् । पार्टीको नाम भन्छन् । चुनाव चिन्ह देखाउँछन् र जनताको सेवा गर्ने अवसर दिनुहोस् भन्छन् ।

उनको सरलता भेटघाटमा देखिन्छ । जहाँ जहाँ बोल्छन्, इमान्दारिता, प्रतिबद्धता र संकल्प देखिन्छ । माघ १७ गते विहान आफ्नो सम्पर्क कार्यालय सिमकोटमा पत्रकार सम्मेलन गरेर आफ्नो ६१ बुँदे प्रतिबद्धता पत्र पढेर सुनाए। डा. रोकाया भन्दै थिए- “यो नीतिगत कामले हुम्लाको अधिकार, विकास र सम्मान गराउने छ । साथै, सुशासन, सामाजिक न्याय र समृद्धिको खाका कोरिने छ ।”

पत्रकार सम्मेलन गरेपछि डा. दीपेन्द्र रोकायाको चुनावी अभियानको कमाण्डर बनेर निवर्तमान सांसद छिरिङ डम्डुल लामा “कार्चेन” सहित २५ जना सिमकोटको बुराउँसे गाउँ पुग्यो । बुराउँसे गाउँवाशी स्थानीय माने चाडको रौनकमा थियो । उनीहरुले बाजागाजाका साथ स्वागत गरे। गाउँमा पुग्ने बित्तिकै भएको कोणसभामा उम्मेदवार र चुनावी कमाण्डरले आफ्ना कुरा राखे। लगतै सबै घरमा भेटघाट गरे ।

माघ १८ गते लाङ्दु, तोर्पा, हुटिग, लिमाटाङ हुँदै टल्की गाउँमा घरदैलो अभियान चलाए । माघ १८ गते विहान बरगाउँ र दिनभर ठेहे गाउँमा कार्यक्रम गर्नुका साथै घरदैलो अभियानलार्इ निरन्तरता दिए । माघ १९ गते विहान डा. रोकायाले स्थानीय ८२ वर्षीय कालीबहादुर भण्डारीको शोक स्थानमा उपस्थित भएर काँधी लगाउनुका साथै समवेदना प्रकट गरे । अनि प्याङप्याङ, बैजीवाडा, दोजामको घरदैलो कार्यक्रम सकेर ताक्ला गाउँमा पुगेका थिए  ।

माघ २० गते बाम्टा, खर्प्यालगाउँ हुँदै दुर्पा गाउँमा घरदैलो अभियान पुगेको थियो। माघ २१ गते दुर्पाको घरदैलो कार्यक्रम सकेर जाकोट, याङ्चु हुँदै पिउस गाउँ पुग्यो। पिउसमा कार्यक्रम भयो । माघ २२ गते तल्लो पिउस, लाली हुँदै गोप्का गाउँमा भेछघाट कार्यक्रम भयो ।
माघ २३ गते देउखुरी, तल्लो लाली, थाली हुँदै अभियान राया गाउँ पुग्यो । माघ २४ गते रायामा घरदैलो कार्यक्रम गर्नुका साथै अभियान टोलीले स्थानीय ७६ वर्षीय लुफा रावलको श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएर समवेदना प्रकट गर्यो । यसैगरी सोही दिन कारङ्ग र छिप्रा गाउँमा घरदैलो कार्यक्रम गरेको थियो ।

माघ २५ गते विहान माझा गाउँ, दिउँसो नल्ला, लेख हुँदै याङ्गु गाउँमा घरदैलो कार्यक्रम भएको थियो । माघ २६ गते साँता, लिउरी, स्याँडा हुँदै खोल्सी गाउँमा घरदैलो कार्यक्रम भयो । माघ २७ गते धारापोरी, प्याङ्लाथुम, चौगानफया, टुलिङ हुँदै डाँडाफयामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

डा. दीपेन्द्र रोकाया जुन गाउँमा पुगे, उनलार्इ स्वागत गर्ने जनताले आफ्ना माग बुझ्ने, संसदमा जनताको कुरा उठाउने खास प्रतिनिधि हुने विश्वासका साथ आफ्ना कुरा राखेको देखिन्छ । हरेकले उनका कुरा सुनेपछि भन्ने गरेका छन्- “अव हामी पार्टी भन्दैनौ, हुम्लामा डा. दीपेन्द्रको तारा चम्काउन तयार छौ ।” उनीहरुका अनुसार हुम्लामा डा. दीपेन्द्र रोकाया विकासवादी नेताको रुपमा चिनिन्छन् ।
माघ २८ गते अभियान अदानचुलीतिर लागेको छ । अभियान ताँजाकोट, अदानचुली, चंखेली र सर्केगाड गाउँपालिकाका गाउँवस्तीमा पुगेपछि नाम्खा गाउँपालिका जाने तयारीमा रहेको जानकारी अभियान कमाण्डर निवर्तमान सांसद छिरिङ डम्डुल लामाले दिए । लामाका अनुसार जनताले नयाँ, संघर्षशील बौद्धिक नेता डा. दीपेन्द्र रोकायालार्इ अत्यधिक बहुमतले जिताउने चाहना राखेको देखिएको छ ।

प्रकाशित मितिः 2026-02-12     1:52:38 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *