दिगो विकास लक्ष्य हासिल गर्न चुनौती


दिपेन्द्र शर्मा
सुर्खेत १० असोज / कर्णाली प्रदेशलाई सन २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न चुनौती देखिएको छ ।
दिगो विकास लक्ष्य पुरा गर्न बाँकी रहेको नौ वर्षमा स्वच्छ खानेपानी, स्वास्थ्य, वातावरण, गुणस्तरीय शिक्षा लगायतको लक्ष्य हासिल गर्न चुनौती देखिएको हो ।
कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्टसंघ नेपालको सयुक्त आयोजना कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संचालन भएको दिगो विकास लक्ष्य सप्ताह अन्तरगत सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले मानव सूचकांकमा सवैभन्दा पछाडि रहेको कर्णाली प्रदेशले दिगो विकास लक्ष्य हासिल गर्न कठिन रहेको बताएका हुन ।
भौगोलिक विकटता, दक्ष जनशक्ति अभाव, कुपोषणलगायतमा कर्णाली प्रदेश राष्ट्रिय सूचकांक भन्दा पछाडि रहेकोले दिगो विकास लक्ष्य हासिल गर्न निकै मेहेनत गर्नुपर्ने सरोकारवालको भनाई छ ।
कार्यक्रममा सहभागीहरुले आपसी समन्वय, प्रभावकारी नीति कार्यान्वयन, पर्याप्त साधन स्रोतको उपलव्धता हुन सके लक्ष्य हासिलमा केही सहजता आउने सुझाव दिएका छन ।
यसबीच कार्यक्रममा मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाही, महिला विकास अधिकृत अनिता ज्ञवाली, मानव संशाधन कार्यालयका सुवर्ण खड्का, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका उपसचिव रमेश सुवेदीले विभिन्न कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाले दिगो विकास लक्ष्य पुरा गर्ने योजनामा सरकार कटिबद्ध रहेको उल्लेख गरे । उनले दिगो विकास लक्ष्य कार्यान्वयनका लागी कर्णाली सरकारले शिक्षा, स्वास्थ्य र रोजगार प्रथामिकता दिएको बताए । मन्त्री बुढाले शहश्राब्दी बिकास लक्ष्यबारे कर्णालीमा लागू गरेर सन २०३० सम्म पुरा गर्ने जिकिर गरे ।
यस्तै कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्काले दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउने उल्लेख गरे ।
उनले दिगो विकास उद्देश्यका साथ कर्णालीमा सप्ताह व्यापी कार्यक्रम संञ्चालन गरेर विभिन्न सुचनामूलक जानकारी सबैलाई दिएको बताए ।
उनले दिगो विकास लक्ष्यको प्रतिबद्धताहरु कार्यान्वयन नुहदाँ चुनौति थपिएको भन्दै सबैको साझा प्रयासवाट मात्रै दिगो विकास लक्ष्यको कार्यान्वयनमा आउने बताए । उनले कर्णाली प्रदेशमा स्वास्थ्य, शिक्षा र पोषणलाई मध्यनजर गरेर सरकारले कार्यक्रम संञ्चालन गर्नुपर्नेमा जोडदिए ।
मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश योजना सदस्य डा दिपेन्द्र रोकाया, पत्रकार महासंघका अध्यक्ष ललित बसेल लगायतले दिगो विकास लक्ष्य हासिल गर्ने कार्यलाई जोड दिएका थिए ।
सप्ताह कार्यक्रममा कर्णालीमा दिगो विकास लक्ष्यकोे कार्यान्वयन स्थितिमा उच्च स्तरीय नीतिको चर्चा, कोभिड १९ को घरेलु खाद्य सुरक्षा र जीविका पार्जनमा परेको असरको छलफल, दिगो विकास लक्ष्य र उपलब्धि, नीति, मुद्दाहरु, निहितार्थ, प्राथमिकताहरु, बजेट विनियोजन र कर्णाली प्रदेशमा स्वास्थ्य र पोषणमा आगामी कार्यदिशा वारेमा छलफल, प्रदेशको विकास योजनामा प्रभावकारी नीति निर्माण र विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई मुख्यधारामा ल्याउने सम्बन्धमा प्रादेशिक परामर्श,दिगो विकास लक्ष्य अन्तरगत बालश्रम अन्त्य गर्ने गुरुयोजना विमोचन गर्ने ,रेडियो र टेलीभिजन अन्तरक्रिया÷प्यानल छलफल गरिदै आएको किर्डाक नेपालका कार्यक्रम ब्यवस्थापक नविनकुमार शाहीले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, अशोज १०, २०७८     6:44:47 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *