पहिरोमा परि ८ को मृत्यु एक बेपत्ता

दिपेन्द्र शर्मा
सुर्खेत २० साउन / जाजरकोटको सदरमुकाम खलंगामा गएको पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । आइतवार विहान गएको पहिरोले पुरेका एकै घरका चार जना सहित आठ जनाको मृत्यु भएको हो ।
भेरी नगरपालिका वडा नं. ३ ठाटीवजारवाट पानीनाउला जाने वाटोमा रहेका गोपाल नेपाली र तिर्थराज बोहराको घरमा पहिरो जाँदा एकजनालाई जीवितै उद्धार गरिएको छ एक जना अझैं बेपत्ता रहेका छन ।
मृत्यु हुनेमा भेरी नगरपालिका ६ गंगटियाका लालवहादुर लुहारकी श्रीमती २५ वर्षीया शितली लुहार, उनका छोरीहरु १० वर्षीय रञ्जना लुहार , ७ वर्षीय मनिसा लुहार, र ३ वर्षीय भगवती लुहारको मृत्यु भएको जिल्ला प्रसासन कार्यालय जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले जानकारी दिए । त्यस्तै पहिरोमा परि कुशे गाँउपालीका ५ का १३ वर्षीय नरेन्द्र परियार, १० वर्षीय दशरथ परियार कुशे ६ का ११ वर्षीय नवीन परियार र वारेकोट गाँउपालीकाका तिर्थ वोहराकाकी छोरी नजम वोहराको मृत्यु भएको निमित्त प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए ।
भेरी नगरपालिका ६ गंगटियाका लालवहादुर लुहारको जीवितै उद्धार गरिएको छ । पहिरोमा परि कुशे गाँउपालीका ५ जाजरकोटका ८ वर्षीय गोविन्द परिवार बेपत्ता भएको र उनको खोजी भइरहेको खतिवडाले वताए ।
जीवितै उद्धार गरिएका लालवहादुर लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । छाती, टाउको र खुट्टामा चोट लागेका लुहारको अवस्था सामान्य रहेको खतिवडाले वताए ।

उद्धार कार्य स्थगित
पहिरो गएपछि लगातार पानी परिरहेकोले आज विहान ६ वजे सम्मका लागी उद्धार कार्य स्थगित गरिएको छ ।
अप्ठेरो ठाउँ र पानी परिरहेकाले उद्धारमा कठिनाइ भएकोले उद्धार कार्य आज विहान ६ वजे सम्मका लागी स्थगित गरिएको खतिवडाले जानकारी दिए ।
बिहान ७ ः ३० बजे घटना भए लगत्तै बिहानैदेखि नेपाल प्रहरी,ससस्त्र प्रहरी,नेपाली सेना र स्थानीय उद्धारमा जुटिरहेका थिए । आज विहान वाट पुरिएको घर पन्छाएर खोजी कार्य तिब्र वनाइने खतिवडाले जानकारी दिए । उनका अनुसार पहिरोले ठाँटिवजारका ६ घर जोखिममा परेका छन ।
मन्त्री बस्नेतद्धारा दुःख व्यक्त
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृह जिल्ला जाजरकोटको भेरी नगरपालिका ३ ठाँटीबजारमा अबिरल वर्षासँगै गएको पहिरोमा परी दुईवटा घर पूर्ण रुपमा क्षतिग्रस्त हुँदा एकै घरका ४ सहित ८ जनाको मृत्यु भएको घटनाको दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले मृतकका परिवार एवं आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभयो ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतले घटनाबाट आफू स्तब्ध र मर्माहत भएको र सरकारका तर्फबाट गर्नुपर्ने उद्दार, राहत, पुनःस्थापना र घाइतेको उपचारका निम्ति आवश्यक पहल र व्यवस्था भइरहेको जानकारी दिनुभएको हो ।
विज्ञप्तिमा उद्दार तथा राहत कार्यमा संलग्न स्थानीय प्रशासन, सुरक्षा निकाय, रेडक्रमकर्मी र स्वयंसेवकहरुप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।