दिगो विकासको लक्ष्य हासील गर्न साझा प्रतिवद्धता आवश्यक

दिपेन्द्र शर्मा
सुर्खेत ३ असोज / कर्णाली प्रदेश दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरुले साझा प्रतिवद्धता जनाएका छन । कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ अन्तरगत आइतवार वीरेन्द्रनगरमा भएको अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवालाहरुले कर्णाली प्रदेशमा दिगो विकास लक्ष्यको प्रभावकारी कार्यन्वयनमा सहयोग गर्ने साझा प्रतिवद्धता गरेका हुन ।
अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री विमला केसीले राजनितिक प्रतिबद्धता र सकरात्मक सोच भए मात्र कर्णालीमा दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न सहज हुने वताउनुभयो । प्रदेशसभा सदस्य केसीले सबै क्षेत्रले आफनो दायित्व र कर्तब्य सम्झेर अगाडी बढे सहजरुपमा कर्णालीको मुहार फेर्न सकिने धारणा ब्यक्त गर्नुभयो । दिगो विकास लक्ष्य कार्यान्वयनमा कर्णाली प्रदेशसभाको महत्वपुर्ण भुमिका हुने भएकोले सरकार,संसद, नीजि क्षेत्र तथा युएन एजेन्सि लगाएतका सरोकारलाहरुको पहिलो प्रतिवद्धता भनेको कार्यान्वयनमा हुन आवश्यक छ उहाँले भन्नुभयो । कर्णालीको भुगोल सुहाउदो वजेट तथा कार्यक्रम निमार्ण अवको आवश्यकता भएकोले सबैको ध्यान कर्णाली केन्द्रित हुनुपर्ने सांसद केसीको भनाइ छ । सबैको साझा प्रतिवद्धता भए कर्णालीको मुहार फेर्न धेरै समय नलाग्ने पुर्वमन्त्री केसीको भनाई छ ।
त्यस्तै कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउन इमान्दारिता पुर्वक लाग्नुपर्ने वताउनुभयो । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि राज्यका सबै संयन्त्रहरु परिचालित भए मात्र कर्णाली विकास सम्भव भएको उहाँले वताउनुभयो । कर्णालीको विकासमा हाम्रो पनि योगदान आवश्यक भन्ने सम्झेर दिगो विकास लक्ष्य कार्यान्वयनमा प्रतिबद्धता जनाउन आवश्यक भएकोले सरोकारवालाको साझा प्रतिवद्धता आउनुपर्नेमा जोड दिनुभयो । कर्णालीको पञ्च वर्षिय योजना कार्यन्वयनमा कटिबद्ध रहने हो भने दिगो विकास लक्ष्य सहितको समृद्धि हासिल गर्न सहज हुने खड्काको भनाई छ ।
त्यस्तै युएनडिपी कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धिकीले कर्णालीमा विकास पुर्वाधार सहित दातृनिकाय संगको साझेदारीबाट दिगो विकास लक्ष्य हासील गर्न थप सहज हुने वताउनुभयो । दिगो विकास लक्ष्य हासील गर्न साझा प्रतिवद्धता सहितको योजना तथा कार्यक्रम आउन आवश्यक भएकोले त्यसमा आफनो पुर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । विकास सहितको समृद्ध कर्णाली बनाउनका लागि कर्णालीमा लगानीमैत्रि वातावरण निमार्ण अहिलेको प्रमुख आवश्यकता भएको सिद्धिकीले औल्याउनुभयो । उहाँले दिगो विकास लक्ष्य हासील गर्न भ्रष्टाचार रहितको साझेदारी आवश्यक रहेकोले सबैको साझा प्रतिवद्धता आउन जरुरी भएको धारणा ब्यक्त गर्नुभयो ।
कर्णालीमा नीजिक्षेत्रलाई लगानि मैत्रि वातावरण सिर्जना गर्न सरकारले केही कानुनी प्रावधानहरु संशोधन गर्नुपर्ने उद्योग वाणिज्य महाँसंघ कर्णाली प्रदेशका सदस्य कविराज खत्रीले वताउनुभयो ।
समृद्ध कर्णालीको आधार, स्वस्थ हरित न्यायपूर्ण पुनरुत्थानका लागि दिगो विकास भन्ने मुल नाराका साथ शुरु भएको सप्ताहमा कर्णाली प्रदेशको सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्यमाथि बहस सञ्चालन गरिने जनाइएको छ । १२ दिन सम्म संचालन हुने सप्ताह कार्यक्रममा कर्णालीमा दिगो विकास लक्ष्यको कार्यान्वयन स्थितिमा उच्चस्तरीय नीतिको चर्चा, कोभिड–१९ को घरेलु खाद्य सुरक्षा र जीविकोपार्जनमा परेको असरको छलफल, दिगो विकास लक्ष्य र उपलब्धि, नीति, मुद्दाहरु, निहितार्थ, प्राथमिकताहरु, बजेट विनियोजन र कर्णाली प्रदेशमा स्वास्थ्य र पोषणमा आगामी कार्यदिशा बारेमा छलफल गरिने कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दिपेन्द्र रोकायाले जानकारी दिनुभयो ।
त्यस्तै प्रदेशको विकास योजनामा प्रभावकारी नीति निर्माण, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई मुख्य धारामा ल्याउने सम्बन्धमा प्रादेशिक परामर्श, दिगो विकास लक्ष्य अन्तरगत बालश्रम अन्त्य गर्ने गुरुयोजना लगायतका महत्वपुर्ण विषयमा छलफल हुने किर्डाक नेपालका कार्यक्रम ब्यवस्थापक नविनवहादुर शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मितिः मङ्लबार, अशोज ५, २०७८     11:57:42 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *